Comments Add Comment

सत्ताको खेलमा लाग्दा संविधान बनेन : खिलराज रेग्मी

४ माघ, रुपन्देही । अन्तरिम मन्त्रिपरिषदका पूर्वअध्यक्ष खिलराज रेग्मीले तोकिएको मितिमा नयाँ संविधान दिन दलहरु असफल भएको भन्दै यसबाट राष्ट्रिता कमजोर हुने बताएका छन् ।

KHILRAJ-REGMI-AT-BUTWAL

संविधान र संविधानसभालाई दलहरुले सतही रुपमा लिएको भन्दै उनले सत्ताको खेलले माघ ८ मा संविधान जारी हुन नसकेको बताए ।

जेसीआई सिद्धार्थ नेपाल, रुपन्देहीको ४० औ पदस्थापन समारोहलाई आइतबार भैरहवामा सम्बोधन गर्दै रेग्मीले भने-‘जनताको मुटुको ढुकढुकीलाई मनन गरेर दलहरु अगाडी बढ्नुपर्नेमा त्यसो नगरी दलीय स्वार्थमा केन्दि्रत हुदा माघ ८ मा संविधान नआउने भयो ।’

दलहरुले देशलाई बिचबाटोमा ल्याएर छाड्न खोजेको भन्दै उनले भने, ‘के आफैले थपेको अवधीमा पनि संविधान दिन नसक्नु दुःखद होइन ? के सहिद र घाइतेले खोजेको यहि हो ?’

पूर्वप्रधानन्यायाधीश समेत रहेका रेग्मीले राजनीतिक दलहरुको सत्ताको खिचातानीले विधिको शासन र जवाफदेही निकाय कमजोर हुदै गएको धारणा राखे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment