Comments Add Comment

कपिलवस्तुमा बस दुर्घटना, ११ यात्रु घाईते

४ माघ, कपिलवस्तु । पूर्वपश्चिम राजमार्ग अन्तर्गत कपिलवस्तुको बुड्ढीमा यात्रुबाहक बस दुर्घटना हुँदा ११ यात्रु घाइते भएका छन् ।

Buss-Accident-at-Kapilbastu

दाङबाट चितवनको नारायणघाटको लागि छुटेको ना ४ ख ३६१६ नम्वरको बस झडुलामाई मन्दिर नजिक बिच बाटोमै पल्टिएको हो ।

घाइते यात्रुहरुको स्थानीय स्वास्थ्य संस्थामा उपचारका लागि पठाइएको ईलाका प्रहरी कार्यालय गोरुसिंगेले जनाएको छ ।
बस दुर्घटनाको कारण भने खुलेको छैन ।

-अनिल अधिकारीबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment