News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाल राष्ट्र बैंकले सहायक निर्देशकदेखि सहायकसम्मका ६१ पदमा खुला परीक्षाबाट कर्मचारी भर्नाका लागि विज्ञापन खुलाएको छ।
- बैंकले अधिकृत तृतीय श्रेणीको सहायक निर्देशकतर्फ २६, लेखा/लेखापरीक्षणतर्फ ३, वाणिज्य कानुनतर्फ २ र सूचना प्रविधितर्फ ४ जना माग गरेको छ।
- सहायक द्वितीय श्रेणीको सहायक पदमा २६ जना माग गरिएको छ र दरखास्त दिने अन्तिम मिति २०८३ मंसिर १७ गते तोकिएको छ।
२ मंसिर, काठमाडौं । नेपाल राष्ट्र बैंकले ६१ जना कर्मचारी भर्ना गर्नका लागि लागि विज्ञापन खुलाएको छ ।
सहायक निर्देशकदेखि सहायकसम्मका पदमा खुला परीक्षाबाट पदपूर्ति गर्न राष्ट्र बैंकले विज्ञापन खुलाएको हो ।
राष्ट्र बैंकको मानव संसाधन व्यवस्थापन विभागले आज सार्वजनिक गरेको सूचना अनुसार अधिकृत तृतीय श्रेणीको सहायक निर्देशक पदमा २६ जना माग गरिएको छ ।
यसैगरी लेखा/लेखापरीक्षणतर्फ अधिकृत तृतीय श्रेणीकै सहायक निर्देशक पदमा ३ जना, वाणिज्य कानुनतर्फको सहायक निर्देशक पद (अधिकृत तृतीय श्रेणी)मा २ जना र सूचना प्रविधितर्फको सहायक निर्देशक पद (अधिकृत तृतीय श्रेणी) मा चार जना कर्मचारी माग गरिएको छ ।
त्यस्तै, सहायक द्वितीय श्रेणी अन्तर्गतको सहायक पदमा २६ जना कर्मचारी माग गरिएको छ । यी पदमा खुला तथा समावेशी समूहबाट पदपूर्ति गरिने बैंकले जनाएको छ ।
दरखास्त दिने अन्तिम मिति २०८३ मंसिर १७ गते तोकिएको छ । उक्त मितिसम्म दरखास्त दिन नसक्ने उम्मेदवारले दोब्बर दस्तुर तिरी मंसिर २४ गतेसम्म अनलाइन आवेदन दिन सक्नेछन् ।
इच्छुक तथा योग्यता पुगेका उम्मेदवारले नेपाल राष्ट्र बैंकको वेबसाइट www.nrb.org.np को Career अन्तर्गत Online Portal for Open Competition वा www.jobs.nrb.org.np मा गई अनलाइनमार्फत आवेदन दिन सक्ने सूचनामा उल्लेख छ ।

प्रतिक्रिया 4