Comments Add Comment

माघ ८ पछि २०१७ साल आउँछ : गोपाल किराँती

४ माघ, बुटवल । एकीकृत नेकपा माओवादीका स्थायी समिति सदस्य गोपाल किरांतीले २०७२ सालमा नेपालमा फेरि अर्काे जनआन्दोलनको आंधिबेहरी आउने बताएका छन् । उनले एमाओवादी नेतृत्वमा हुने आन्दोलनले पहिचान बिरोधीहरुलाई बढार्ने दाबी समेत गरे ।

gopal-kiratiरुपन्देहीको भलबारीमा तमु राष्ट्रिय मुक्ति मोर्चा नेपाल अवध राज्य समितिले आइतबार गरेको अन्तरसम्बाद कार्यक्रममा उनले माघ ८ पछि नेपालमा २०१७ साल दोहोरिने बताए ।

पहिचान बिरोधीका कारण मुलुक प्रतिक्रान्तिको दिशातर्फ गइरहेको उनको धारणा छ ।

उनले कांग्रेस-एमालेले अगाडि सारेको ७ प्रदेशको ब्यवहारिक नभएको चर्चा गर्दै त्यसलाई ‘चमेरे प्रदेश’को संज्ञा दिए । उनले भने-‘चमेरोले खुट्टा माथि राखेर तल टाउको झुन्डाउँछ, त्यस्तै ७ प्रदेशको जमिनमा टेक्ने कुनै आधार छैन ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment