Comments Add Comment

युवा संसदबाट जारी भयो नयाँ संविधान, ४ प्रदेश प्रस्ताव

YOUTH-CONSTITUTION

४ माघ । युवा संसद नेपालले गठन गरेको ३०१ सदस्यीय सदस्यीय युवा संविधानसभाले संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको नमूना संविधान जारी गरेको छ ।

आईतबार राजधानीमा कार्यक्रम आयोजना गरी संविधान जारी गरिएको हो । संविधानको विमोचन भने पूर्वसभामुख दमननाथ ढुङ्गाना र पहिलो संविधानसभाका संवैधानिक समिति सभापति निलाम्बर आचार्यले गरे ।

नमूना संविधानमा संघीयताको सवालमा जम्मा चार प्रदेश रहने गरी राज्यको पूर्नसंरचनाको खाका अघि सारेको छ । सगरमाथा-मुन्धुम प्रदेश, बाग्मती-मिथिला प्रदेश, बुद्ध प्रदेश र खप्तड प्रदेशको खाका अघि सारेको हो ।

त्यस्तै शासकीय स्वरुपको सवालमा भने जनताबाट प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री र केही अधिकारसहितको संवैधानिक राष्ट्रपतिको शासकीय स्वरुप परिकल्पना गरिएको छ । निर्वाचन प्रणालीमा मिश्रति अवधारणा अवलम्बन गरिएको छ ।

गत साउन ३१ गते औपचारिक रुपमा गठन गरिएको युवा संविधानसभाले देशका विभिन्न भागमा स्थलगत अध्ययन तथा अनुसन्धान र संविधानविदहरुसँगको परामर्शमा नमूना संविधान तयार पारेको युवा संसद नेपालले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment