+
+

चकलेटी आर्यनको एक्सन चलेन ?

अनलाइनखबर अनलाइनखबर
२०७१ माघ ५ गते ११:२०

aaryan-sigdel
चलचित्र ‘किस्मत’मा चकलेटी अनुहार लिएर नेपाली रजतपटमा भित्रिएका आर्यन सिग्देल यसपछि लगातार छाइरहे । आर्यनले अभिनय गरेका लभस्टोरी चलचित्र कुनै चले त कुनै ओषत रहे । तर, उनले अभिनय गरेको ‘मेरो एउटा साथी छ’ले सर्वाधिक चर्चा पायो ।

आर्यनका यसपछि पनि थुप्रै लभ स्टोरी कथा बोेकेका चलचित्र प्रदर्शनमा आए । आर्यन भाग्यमानी देखिएनन्, बक्स अफिसमा कुनैले चमत्कार गरेनन् । तर, यो बर्ष बिहे गरेसँगै आर्यनको दिन फर्किएको विश्लेषण गरियो । वैशाखमा चलेको ‘नोभेम्बर रेन’ले आर्यनको क्रेज बढायो ।

कात्तिकमा प्रदर्शनमा आएको ‘लज्जा’बाट पनि आर्यनमा दम देखियो । २ वटा लभ स्टोरी चलचित्र चलेपछि आर्यनलाई लिएर चलचित्र बनाउने निर्माताहरुको भिड नै लाग्यो ।

आर्यनको हातमा १ बर्षसम्म लगातार काम गर्दा पनि नसकिने चलचित्र छन् । तर, माघ महिनाको सुरुवातसम्म आइपुग्दा आर्यनको करिअर फेरि धरमराएको छ ।

आर्यनले दर्शकले आफूलाई भूमिका परिवर्तन गर्न भनेको भन्दै केही एक्सन केन्द्रित चलचित्रमा काम गरे । तर, २ वटा चलचित्रको व्यापार कमजोर देखियो । मंसिरमा चलेको ‘नाईके’बाट सर्वाधिक आशा गरेका आर्यन पहिलो पटक नै एक्सनमा असफल देखिए । उसो त आर्यनले एक्सन भूमिका गरेको ‘लोफर’ चलचित्र पनि गतबर्ष नै चिप्लिएको हो ।

पौष २५ गतेबाट प्रदर्शनमा आएको ‘अलबिदा’को व्यापार पनि विभिन्न कारणले कमजोर देखियो । यसमा आर्यनको भूमिका एक्सन केन्द्रित थियो ।

अन्य २ वटा चलचित्रसँग जुध्दा र बन्दका कारण आर्यनको स्टारडम फेरि कमजोर देखियो । २ चलचित्रको असफलताले आर्यनको एक्सन भूमिका दर्शकले नरुचाएको देखिन्छ । भूमिका परिवर्तन गरेका आर्यन असफल भएपछि  उनलाई लिएर एक्सन चलचित्र बनाएका निर्माताहरु डराएका छन् ।

आर्यनको एक्सन भूमिका रुचाइएन वा तरिका रुचाएन, समिक्षा हुँदै गर्ला ? तर, नायकहरुको खडेरी लागेको चलचित्र बजारमा आर्यनको २ चलचित्र असफलताले फेरि नयाँ संकट पैदा गरिदिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?