+
+

माओवादी आन्दोलनसँगै सेयर लगानीकर्ता निरुत्साहित

अनलाइनखबर अनलाइनखबर
२०७१ माघ ६ गते १५:३१

Nepse-index-magh6६ माघ काठमाडौं । एकीकृत नेकपा माओवादीलगायतका दलहरुले संविधानसभामा वितण्डा मच्चाएसँगै सेयर बजारका लगानीकर्ताहरु निरुत्साहित भएका छन । मंगलबार १२.६५ अंकले घटेर नेप्से परिसूचक ९ सय ६२.८० अंकमा झरेको छ ।

संविधान निर्माणमा राजनीतिक सहमति भएको भन्ने खबरले सोमबार नेप्से ३० अंकले बढेको थियो ।

गत राती एकीकृत माओवादीका सभासदहरुले संविधानसभा भवनिभित्रै अन्य दलका नेताहरुलाई आक्रमण गरेपछि सहमतिमा संविधान बन्ने विश्वासमा तुसारापात लागेको छ । माघ ८ आउन २ दिनमात्रै बाँकी रहँदा संविधान आउने टुंगो नलागेपछि सेयर लगानीकर्ताहरु निरुत्साहित भएका हुन ।

मंगलबारको कारोबारमा विकास बैंक समुहको सूचक एक अंकभन्दा कमले बढेको छ भने अन्य सबै समुहगत सूचकहरु घटेका छन ।

यो दिन वाणिज्य बैंक समुहको सूचक १४.२ अंकले घटेको छ । यो समूहको १४ करोड ९७ लाख रुपैयाँको कारोबार भयो ।

त्यसैगरी, बीमा समुहको ६५.७६ अंकले, होटलको १५७३ अंकले, वित्त कम्पनीको ३.३७ अंकले, अन्य समुहको १२.९२ अंकले र होटल समुहको सूचक ०.८२ अंकले घटेको नेपाल स्टक एक्सचेञ्जले जनाएको छ ।

मंगलबार १ सय ३४ कम्पनीका ६ लाख २२ हजार कित्ता सेयर २८ करोड ८९ लाख रुपैयाँमा कारोबार भयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?