Comments Add Comment

बन्दकर्ताबाटै कुटिए प्रचण्डका सुरक्षाकर्मी, प्रहरीद्वारा प्रचण्डको ‘रेस्क्यु’

Police Resque prachanda (2)

६ माघ, काठमाडौं । एमाओवादी अध्यक्ष प्रचण्डको सुरक्षार्थ लाजिम्पाटस्थित निवासमा खटिएका सशस्त्र प्रहरीले एमाओवादीकै कार्यकर्ताबाट सोमबार नयाँ बानेश्वरमा कुटाइ खाएका छन् ।

संविधानसभाबाट निस्केर सोमबार सवा ४ बजे बिजुली बजारमा कार्यकर्तालाई सम्बोधन गर्न हिँडेका प्रचण्ड कृष्णटावर नजिकै पुगेपछि उनका अंगरक्षकहरुले बन्दकर्ताको पिटाइ खाएका हुन् ।

आफ्ना सुरक्षागार्डमाथि बन्दकर्ताले नचिनेर आक्रमण गरेपछि एमाओवादी अध्यक्ष प्रचण्ड प्रहरीको भ्यानमा चढेर नयाँ बानेश्वर हुँदै लाजिम्पाटतर्फ लागेका छन् । नयाँ बानेश्वरमा संविधानसभा बैठकमा भाग लिन प्रचण्ड लाजिम्पाटबाट प्रहरीकै भ्यानमा आएका थिए । 

प्रचण्डले बिजुलीबजारमा कार्यकर्तालाई सम्बोधन गर्ने कार्यक्रम थियो । तर, कार्यकर्ता र आफ्नै अंगरक्षकवीच झडप भएपछि प्रचण्ड कार्यक्रमस्थल छेउमै पुगेर फर्किए । सशस्त्रका जवानले आफू घाइते भएर प्रचण्डलाई ढुंगाले लाग्नबाट जोगाएका थिए । झडपका क्रममा एमाओवादी सभासद जनार्दन शर्मा र अनिता परियार लगायत थप केही घाइते भएका थिए ।

यसरी भयो कुटाकुट

संविधानसभाबाट विबजुली बजारमा पुल छेऊमा राखिएको माइकसम्म पुगेर प्रचण्ड र बाबुरामले सम्बोधन गर्ने कार्यक्रम थियो । दुबै पूर्वप्रधानमन्त्रीहरु आफ्ना कार्यकर्ता छेऊमा पुग्दा भाषण् गर्ने ठाउँसम्म बन्दकर्ताको भीडले ढाकिएको थियो ।

bizulibazzar-jhadap

प्रचण्ड र बाबुरामका सुरक्षाकर्मीहरुले प्रचण्ड र बाबुरामलाई कार्यक्रमस्थलमा लैजानका लागि बाटो खुलाउन भीडतर्फ अघि बढ्नाराथ बन्दकर्तालाई लाग्यो कि सशस्त्र प्रहरीले आफूमाथि हस्तक्षेप गर्न आयो । त्यसपछि बन्दकर्ताहरु एक्कासी आफ्नै नेताका सुरक्षागार्डमाथि जाइलागे ।

दिनभरि सशस्त्र प्रहरीसँग ठेलाठेल र हात हालाहाल गरेका बन्दकर्ताले सशस्त्र प्रहरीका जवानहरु आफ्नै नेताका सुरक्षाकर्मी हुन् भनेर छुट्याउन नसक्नु स्वाभाविकै थियो ।

Police Resque prachanda (4)

अपरान्ह सवा ४ बजेतिर कार्यक्रमस्थलमा पुगेका प्रचण्ड करिब १५ मिनेटसम्म आपसी भिडन्तको शिकार बने । तर, झडपका क्रममा उनलाई भने कुनै चोटपटक नलागेको प्रचण्डका स्वकीय सचिव चूडामणि खड्काले अनलाइनखबरलाई बताए ।

कार्यक्रममा सहभागी नभई वीचैबाट प्रचण्ड फर्किएपछि कार्यक्रममा सम्बोधन गर्नेक्रममा डा. भट्टराईले प्रचण्ड कार्यक्रममा उपस्थित हुन नसकेको बताएका थिए ।

Police Resque prachanda (3)

प्रहरीको लाठी प्रहारबाट प्रभाकरसहित तीन सभासद घाइते

स्थिति नियन्त्रणमा लिन प्रहरीले लाठीचार्ज गर्दा जनार्दन शर्मा प्रभाकर र अनिता परियार सहित तीन सभासद घाइते भएका छन् । प्रभाकरको टाउकोमा चोट लागेको छ । उनको नर्भिक अस्पतालमा उपचार भैरहेको छ । janardan  (4)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment