Comments Add Comment

१७ सयवटा निजी विमानमा अर्बपतिहरु किन जाँदैछन् स्विजरल्याण्ड ?

rtx17uau copy
यो हप्ता स्विजरल्याण्डमा कम्तीमा पनि १७ सय वटा निजी हवाइजहाज अवतरण गर्दैछन् । हिमचुचुरोको सहर डाभोसमा ती जहाजहरुबाट विश्वका सयौँ अर्बपति, नेता, पत्रकार, सेलिब्रेटीहरु ओर्लिँदैछन् ।

सयौँ जहाज लिएर धनाढ्यहरु युरोपको स्वर्ग स्विजरल्याण्डमा एकसाथ भेला हुनुको मुख्य उद्धेश्य हो, विश्व आर्थिक मञ्च अर्थात् वल्र्ड इकोनोमिक फोरमको ४५ औँ बैठकमा भाग लिनु । जनबरी २१ मा सुरु भएको बैठक जनवरी २४ सम्म चल्नेछ ।

न्युजविकका अनुसार अबका ४ दिनसम्म स्विजरल्याण्डमा कैयौँ टन तौलका धनाढ्य तथा सेलिब्रेटीहरु विमानबाट ओर्लिनेछन् । यतिधेरै विमान अवतरण गर्ने भएपछि ड्याभोसको आकाशमा यो हप्ता पक्कैपनि ट्राफिक जाम हुनेछ ।

निजी हवाइजहाज मात्र होइन निजी हेलिकप्टरमा समेत धेरै पाहुनाहरु उडेर आउनेछन् । पोहोर सालको सम्मेलनका २५ सय सहभागीमध्ये २० प्रतिशत सहभागीहरु निजि हेलिकप्टरमा चढेर जुरिच विमानस्थलमा ओर्लिएका थिए ।news

वल्र्ड इकोनोमिक फोरमको सम्मेलनमा माइक्रोसफ्टका संस्थापक बिल गेट्स, गुगलका इरिक स्कमिडिट, एलिबाबाका संस्थापक ज्याक मा, फेसबुकका सिओओ मार्क जुकरवर्ग, याहुकी सिइओ म्यारिसा मायर लगायतका प्रविधि जगतका हस्तीहरु सहभागि हुनेछन् ।

वल्र्ड इकोनोमिक फोरमको बैठकमा भाग लिनका लागि पाहुनाहरुले ७१ हजार डलर भन्दा बढि खर्च गरेका हुन्छन् । यतिधेरै खर्च गरिगरि यो बैठकमा भाग लिनुको मुख्य उद्धेश्य यसबाट दीर्घकालीन आर्थिक लाभ नै हो ।

यो बैठक यस्तो जमघट हो जहाँ विश्वका उद्योगी, व्यापारी, नेता, कलाकार, प्रविधि वैज्ञानिक सबै भेला हुन्छन् । उनीहरुबीच संजाल बन्नुका साथै महत्वपूर्ण व्यवसायिक सम्झौताहरु समेत सम्पन्न हुन्छन् ।

वास्तवमा वल्र्ड इकोनोमिक फोरमको यो बैठक विश्वका त्यस्ता १ प्रतिशत मानिसहरुको जमघट हो, जो सँग विश्वको कुल सम्पतिको ४८ प्रतिशत छ । अक्सफामका अनुसार विश्वका १ प्रतिशत धनाढ्यहरुले विश्वका कुल सम्पतिको ४८ प्रतिशत कब्जा गरेका छन् र अन्य ९९ प्रतिशत मानिसहरुसँग बाँकी जम्मा ५२ प्रतिशत सम्पति बाँडिएको छ ।

धनी र गरिबबीचको यो खाडल बढ्दै गएमा विश्वको जनसंख्याको १ प्रतिशत हिस्सा ओगट्ने धनाढ्यहरुको सम्पति विश्वका ९९ प्रतिशत मध्यमस्तरीय तथा गरीब मानिसहरुको कुल सम्पति भन्दा पनि बढि हुने अक्सफामले चेतावनी दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment