Comments Add Comment

हमालको तस्बिर आफै बोल्छ

rajesh-hamal
नायक राजेश हमाल गसिपमा आउन बेला-बेलामा रुचाउँछन् । तर, नेपाली चलचित्र बजारमा नायक हमालको नकारात्मक चर्चा धेरै भएको पाइदैन । एक चर्चित कलाकार भएका नाताले पनि हमालका सामान्य कुराले पनि गसिपको स्थान पाएका छन् ।

हमाल एक बिहान सधै व्यायम गर्छन् । नियमित व्यायमका कारण नै हमाल ५० बर्ष कटिसक्दा पनि फिट नै छन् । उनै हमाल अहिले फेसबुक प्रयोग गर्न थालेपछि यसको क्रेजी भएका छन् । आफ्ना सामान्य तस्बिर समेत पोष्ट गरेर हमालले आफ्ना फ्यान र मिडियासँग निकट भैरहेका छन् ।

rajesh-dai
हमालले व्यायम गरेका केही तस्बिर पोष्ट गरेका छन् । हमालले सार्वजनिक गरेका तस्बिरले अहिले गसिप बजारमा चर्चा पाइरहेको छ । व्यायम गर्दा केही कसिएको पहिरन भएका कारण पनि हमालको तस्बिर उच्छृङ्खल देखिएको छ । हमाललाई पनि ग्ल्यामर बन्ने रहर जागेको हुनसक्छ ।

नोट : यो गसिप मात्र हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment