+
+

पुरानो रिसइवी साँध्न ज्वाइँले ससुराको हत्या गरेको खुलासा

अनलाइनखबर अनलाइनखबर
२०७१ माघ ११ गते १५:५१

११ माघ, दमक । दुई दिनअघि झापाको गौरादहमा ज्वाइँले ससुराको हत्या गरेको खुल्न आएको छ ।

पुरानो रिसइवीका कारण ससुरालाई ढुङ्गाले हानेर मारेको घटनाका आरोपित ज्वाँइ लखनपुर–७ का २१ वर्षीय बिमल ऋषिदेवले स्वीकार गरेका छन् ।

रोपित ऋषिदेवले नातामा ससुरा पर्ने झापाको लखनपुर–१ का ४० वर्षीय बिर्जा सहनीको माछा मार्न जाँदा गौरादह–७ को किस्ने खोलामा गत शुक्रबार दिउँसो हत्या गरेका प्रहरी निरीक्षक भीमप्रसाद सिलवालले जानकारी दिए ।

उनका अनुसार हत्या गरिनु एक दिनअघि नै जुरोपानीको एक पुलको काममा मजदूरी गर्न दुवै सँगै गएका थिए । ढुङ्गा प्रहारपछि सख्त घाइते भएका सहनीको दमक अस्पतालमा उपचारका क्रममा सोही दिन ज्यान गएको थियो ।

शुक्रबार स्थानीय एक पसलमा दुवैले अत्यधिक मदिरा खाएर माछा मार्न नजिकै जाँदा ऋषिदेवले पुरानो रिसइवी साँधेर हत्या गरेको प्रहरीको वयानमा उनले स्वीकार गरेका छन् । घटना विवरणअनुसार ऋषिदेवले उनकी कान्छी छोरी अनितालाई ६ वर्ष पहिले विहे गरेपनि ज्वाइँ तल्लो जाति भनेर हेला गर्दै आएका थिए । सहनीले एक वर्षदेखि छोरीलाई माइतमा राख्दै आएका थिए ।

घटनामा ज्वाइँ तल्लो जात भएर ससुराले पटकपटक आफू र परिवारलाई अनावश्यक आक्रमण गरेपछि त्यो रिसइवीका कारण हत्या गरेको खुल्न आएको इप्रका दमकका प्रहरी उपरीक्षक रविकुमार पौडेलले बताए ।

प्रहरीले आरोपितलाई आइतबार नै म्याद थप गरी कर्तव्यज्यानसम्बन्धी मुद्दा चलाएको प्रहरी उपरीक्षक पौडेलले जानकारी दिए । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?