Comments Add Comment

युएईमा माघे संक्रान्तिको रमझम

UAE-1दुबई । वैदेशिक रोजगारीको सिलसिलामा युएईमा रहेका नेपालीहरुले सामुहिक रुपमा विभिन्न परिकारहरु खाई नाँचगान गर्दै माघे संक्रान्ति पर्व मनाएका छन् ।

शुक्रबारका दिन अलाईनको फुडवड रेष्टुरेण्टमा नेपाल मगर संघ युएई अलाईन क्षेत्रीय समितिको आयोजनामा माघे संक्रान्ति मनाइएको हो । नेपाल मगर संघ युएईका संरक्षक लालबहादुर ढेंगाको प्रमुख आतिथ्यतामा भएको कार्यक्रमको अध्यक्षता नेपाल मगर संघ युएई अलाईन क्षेत्रीय समितिका अध्यक्ष मोहन बुढाथोकीले गरेका थिए ।

कार्यक्रममा उपसंरक्षक धनेन्द्र मास्की राना, कार्यवाहक अध्यक्ष राजु सिंजाली मगर, सल्लाहकार प्रमुख चन्द्रबिक्रम सारु मगर, केन्द्रीय पदाधिकारीहरु, क्षेत्रीय प्रमुखहरु, विभिन्न संघ संस्थाका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।

कार्यक्रममा रुद्र थापा, कमल कार्की रनवीर लिम्बु, बिक्रम परियारको गायन तथा विमल अधिकारी, नम्रता तामाङ, शोभा लामा, रोशनी साही ठकुरी, सानु राई, भुवन मगर, नम्रता तामाङ लगायतले नृत्य प्रस्तुत गरेका थिए । गम्भीर सिंजालीले संचालन गरेको कार्यक्रमको सञ्चालन बलराम बस्नेत र नारायण प्रभुले गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment