Comments Add Comment

किन रक्सी बन्यो सलमानको रगत ?

salman-khanबलिउड अभिनेता सलमान खानले चलाएको गाडीले ठक्कर दिएको मानिसको मृत्यु भएको ‘हिट एण्ड रन’ मुद्दाले नयाँ मोड लिएको छ । जनवरी २७ मा भएको अदालती सुनुवाइपछि सलमान विरुद्धको मुद्दाले नयाँ मोड मात्र लिएको छैन, यस विषयमा नयाँ विषयको खुलासा पनि भएको छ ।
मंगलबार भएको सुनुवाइका क्रममा घटनाको विशेषज्ञ साक्षी डाक्टर सुहास पवारले सलमानको रगत रक्सीमा परिणत भएको जानकारी दिए । दुर्घटनापछि सलमानको रक्त परीक्षणका लागि उनको सरीरबाट ६ मिलिलिटर रगतको नमूना लिइएको र उक्त रक्तनमूनालाई राम्रोसँग सुरक्षित राख्न नसकिएका कारण उक्त रगत अल्कोहलमा परिणत भएको उनले बताएका छन् ।
रगतको नमूनालाई सड्न नदिनका लागि विशेष रुपमा संरक्षित गरेर राख्नुपर्नेमा सावधानी नअपनाइएका कारण उनको रगत ‘फर्मेन्टेसन’ भई अल्कोहलमा परिणत भएको उनको दाबी छ ।
मुम्बइ मिररमा छापिएको समाचार अनुसार डाक्टर पवारले सलमानको ६ मिलिलिटर रगतको नमूनालाई दुर्इ बराबर भागमा बाँडेर टेष्ट ट्युबमा राखिएको बताएका छन् । ती मध्ये एउटा टेष्टट्युबमा सड्न नदिने रसायन अर्थात् प्रिजर्भेटिभ रहेको र अर्को टेष्टट्युब खालि रहेको उनले बताए ।
सलमानका वकिल श्रीकान्त शिवडेले अदालतमा भएको जिरहका क्रममा डाक्टर पवार समक्ष प्रिजर्भेटिभ विना संचय गरिएको रगत फर्मेन्टेसन भएर अल्कोहल बन्नुपर्ने भन्दै प्रश्न सोधेपछि डाक्टर पवारले त्यो कुरा स्विकार्दै उक्त रगत अल्कोहलमा परिणत भएको हुनसक्ने जवाफ दिए ।
सन् २००२ को सेप्टेम्बर २८ मा मुम्बइको मदिरा सेवन गरी सलमान खानले चलाएको कार एक बेकरीमा गएर ठोक्किँदा एक जनाको मृत्यु हुनुका साथै ३ जना घाइते भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment