
बलिउडका कलाकारहरु कुनै पनि भूमिकाका लागि आफूलाई परिवर्तन गर्न निकै नै माहिर छन् । एउटै चलचित्रका लागि एक बर्ष भन्दा बढी समय दिने बलिउडका कलाकारहरुको चलचित्र यसकारण पनि प्रतिक्षित बन्ने गरेको छ ।
नायिका दीपिका पादुकोणले एक नयाँ चलचित्रका लागि आफूलाई त्यसरी नै परिवर्तन गरेकी छिन् । आजबाट छायांकन सुरु भएको चलचित्र ‘छपाक’मा दीपिका एसिड आक्रामणमा परेकी एक यूवतीको भूमिकामा देखिदैछिन् ।
उनै, दीपिकाले सार्वजनिक गरेको तस्बिरमा उनको परिवर्तित रुपले धेरैको ध्यान तानेको छ । यो रुपमा दीपिकालाई चिन्न मुश्किल छ ।
यो चलचित्र सन् २०२० को जनवरी १० बाट रिलिज हुने समेत दीपिकाले उल्लेख गरेकी छिन् । यो चलचित्रलाई मेग्ना गुल्जारले निर्देशन गर्दैछिन् । यो चलचित्रमा फ्यानले दीपिकालाई नदेख्ने मेग्नाको भनाई छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4