Comments Add Comment

बागमती सफाइ अभियानमा टेलिकमको सहयोग

Nepal-Telecom-Bagmati-Safai-

१८ माघ, काठमाडौं । नेपाल टेलिकमले बागमती सफाइ अभियानलाई सहयोग गरेको छ । एघारौं वाषिर्कोत्सवको अवसरमा सामाजिक उत्तरदायित्व अन्तर्गत कम्पनीले सरसफाइमा प्रयोग हुने सामाग्रीहरु सहयोग गरेको हो ।

टेलिकमले सफाइ अभियानमा नियमित संलग्न हुने अभियन्ताहरुका लागि ८० जोर ट्रयाक सुट, २ सय जोर बुट, २ सय जोर मोटो पञ्जा, सयवटा फलामे सुइरो र सयवटा डोकोहरु दिएको छ । कम्पनीका प्रबन्ध निर्देशक बुद्धिप्रसाद आचार्यले मुख्यसचिव लीलामणि पौड्याललाई उक्त सामाग्रीहरु हस्तान्तरण गरे ।

मुख्यसचिव पौड्यालले टेलिकमले सुरुवातदेखि नै बागमती सफाइ अभियानमा पुर्‍याएको योगदानको प्रशंसा गर्दै सहयोगको लागि धन्यवाद दिए ।

Nepal Telecom Bagmati Safai

टेलिकमका प्रबन्ध निर्देशक आचार्यले देशको धरोहरको रुपमा रहेको बागमती नदीको सफाइमा सरिक हुन पाएकोमा कम्पनी गौरवान्वित भएको बताए । आगामी दिनमा पनि अन्य अभियन्ताहरुका साथमा निरन्तर बागमती सफाइ अभियानमा सरिक भइरहने प्रतिवद्धता समेत उने व्यक्त गरेका छन् ।

टेलिकमले बागमती सफाइ अभियान सुरु भएको दोस्रो हप्तादेखि हरेक हप्ता करिव २ लाख ग्राहकहरुलाई सफाइ अभियानमा संलग्न हुन कम्पनीको तर्फबाट एसएमएस प्रेषित गर्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

फेरिएकी बर्षा

Advertisment