+

आहा ! रारा गोल्डकपको तयारी पुरा

२०७१ माघ  १८ गते १४:१९ २०७१ माघ १८ गते १४:१९
आहा ! रारा गोल्डकपको तयारी पुरा

Aaha-Rara-gold-cup

१८ माघ, पोखरा । माघ २० गतेदेखि सुरु हुने १३ औं संस्करणको आहा ! रारा गोल्डकप फुटवल प्रतियोगिताको तयारी पुरा भएको छ ।

आइतबार पोखरामा पत्रकार सम्मेलनमा आयोजक सहारा क्लबका महासचिव केशव बहादुर थापाले प्रतियोगितामा दुई विदेशी सहित १२ टिमको सहभागिता रहने जानकारी दिए ।

प्रतियोगितामा वेलायतको अल्ड्ररसट टाउन फुटवल क्लब र भारतको कन्चङजञ्गा फुटवल क्लब छन । फागुन २ गतेसम्म संचालन हुने प्रतियोगितामा मनाङ मस्र्याङदी, थ्रीस्टार, पुलिस, सशस्त्र प्रहरी वलको एपीएफ, नेपाल आर्मी, झापा एघार फुटवल क्लब, रुपन्देहिको जगदम्बा लुम्बिनी फुटवल क्लब, कैलालीको सुदूरपश्चिमाञ्चल फुटबल क्लब, सिमराको नव जनजागृती युवा क्लव र आयोजक सहारा क्लव सहभागि हुने भएको छन् ।

माघ २० गते हुने उद्घाटन खेलमा आयोजक सहारा र सिमराको नव जनजागृती भिड्नेछन् । प्रतियोगिताको विजेताले उपाधिसहित ३ लाख ५१ हजार तथा उपविजेताले २ लाख १ हजार पाउनेछ ।

सर्वोत्कृष्ट खेलाडिले एक थान मोटरसाईकल पाउनेछन् भन उत्कृष्ट प्रशिक्षक, मिडफिल्डर, गोलकिपर,स्ट्राइकर, डिफेण्डर र फेयर प्ले टिमलाई पुरस्कारको व्यवस्था गरिएको छ । उनीहरुलाई जनही १० हजार पुरस्कार पाउनेछन् भने सर्वाधिक गोलाकर्ताले १५ हजार पुरस्कार प्राप्त गर्ने भएको छ ।

प्रतियोगितामा टीमले म्याच मनि प्राप्त गर्ने आयोजकले जनाएको छ । प्रि-क्वाटरफाइनल खेलमा जितेको टीमले १५ हजार र पराजित हुने टीमले भने १० हजार प्राप्त गर्ने छ ।

क्वाटरफाईनलमा जित्नेले २० हजार र पराजित टिमले १५ हजार पाउनेछ । सेमिफाइनल विजेता तथा उपविजेतालाई जनही २५/२५ हजार म्याच मनि दिइने क्लबले जनाएको छ ।

यसैवीच पत्रकार सम्मेलनमा सहारा एकेडेमीको अक्षयकोष स्थापनाका लागि सहारा युकेका बखत गुरुङ र चन्द्रकला गुरुङबाट ५० हजार सहयोग हस्तान्तरण गरिएको छ । हङकङमा रहेका अधिवक्ता देव गुरुङले रारा गोल्ड कपलाई पठाएको ५१ हजार १ सय रुपैयाँ पठाएका छन् ।

पुरुषेतम रेग्मीले आफ्नो छोरा रुपक रेग्मीको स्मृतिमा २५ हजार ५ रुपैयाँ क्लवलाई सहयोग गरे ।

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय