Comments Add Comment

ब्रिटिस र सफ्टवेरिका कलेजबीच शैक्षिक सहकार्य

British-College-and-Safterica-Colleg-MOU

१९ माघ, काठमाडौं । ब्रिटिस कलेज र सफ्टवेरिका कलेजबीच रणनीतिक साझेदारी विषयमा सम्झौंता भएको छ । ब्रिटिश कलेजका प्रमुख कार्यकारी अधिकृत राजन कँडेल र सफ्टवेरिका कलेजका प्रमुख कार्यकारी अधिकृत विज्ञान श्रेष्ठले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् ।

सम्झौताअनुसार दुबै कलेजबीच नेपाली विद्यार्थीहरुलाई सूचना-प्रविधिमा गुणस्तरीय शिक्षा दिलाउने विषयमा एक-अर्कालाई सहयोग गर्ने प्रतिवद्धता जाहेर गरिएको छ । ब्रिटिस कलेजले बेलायतको लिड्स वेकेट विश्वविद्यालय र युनिर्भसिटी अफ वेष्ट अफ इन्ग्ल्याण्डसँग सम्बन्धन लिइ स्नात्तक र स्नात्तकोत्तर तहका कक्षा सञ्चालन गर्दै आइरहेको छ ।

सफ्टवेरिका कलेजले पनि एनसीसी डिप्लो तहका शिक्षा प्रदान गर्दै आइरहेको छ, जो बेलायती डिग्री हासिल गर्नका लागि प्रारम्भिक बाटो पनि हो । विहीबार भएको द्विपक्षीय सम्झौंतामा सफ्टवेरिका कलेजमा अध्ययनरत डिप्लोमा उर्त्तिण भएका विद्यार्थीहरु ब्रिटिस कलेजमा बीएस्सी अर्नस कम्प्युटिङमा लेभल सिक्स (अन्तिम वर्ष) मा भर्ना हुन पाउनेछन् ।

“पश्चिमा देशहरुका लागि नेपाल एक सूचना-प्रविधि आउटसोर्सिङ हब हुने ठूलो सम्भावना रहेको छ” ब्रिटिस कलेजका प्रमुख कार्यकारी अधिकृत राजन कँडेलले भने- “सम्झौताले विश्वमा मान्यताप्राप्त बेलायती डिग्री पाएका आईटी ग्रयाजुएट जनशक्तिहरु उत्पादन गर्न मद्दत पुग्ने विश्वास लिएको छु ।”

सफ्टवेरिका कलेजका प्रमुख कार्यकारी अधिकृत विज्ञान श्रेष्ठले भने, “यो सम्झौताले दुवै पक्षका विधार्थीहरूलार्इ उत्कृष्ट शिक्षा निम्ति सहयोग पुग्ने पूर्ण रुपमा सूचना प्रविधीमा आधारित हाम्रो कलेजले विश्वास लिएको छ ।”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

फेरिएकी बर्षा

Advertisment