+
+

कमल थापाले पनि दिए संविधानसभा छाड्ने धम्की (भिडियोसहित)

अनलाइनखबर अनलाइनखबर
२०७१ माघ १९ गते १४:४५

Kamal thapa 650

१९ माघ, काठमाडौं । राप्रपा नेपालले गणतन्त्र, धर्मनिरपेक्षता र संघीयताबारे प्रश्न समेत उठाउन नपाउने र संविधानसभामा मतदान नहुने अवस्था आएमा संविधानसभाबाट बाहिरिने चेतावनी दिएको छ ।

संविधासनभाबाट बाहिरिनु अघि भित्र र बाहिर सशक्त प्रतिरोध गर्ने राप्रपा नेपालका अध्यक्ष कमल थापाले बताए ।

संविधानका विवादित विषयमा प्रश्नावली बनाउन गठित प्रस्ताव निर्माण समितिले गणतन्त्र, धर्मनिरपेक्षता र संघीयताबारे प्रश्न उठाउन नपाइने निर्णय गरेपछि चौथो ठूलो दल राप्रपा नेपालले अब सडक आन्दोलन थाल्ने घोषणा गरेको छ ।

संसदीय दलको कार्यालय सिंहदरवारमा आयोजित पत्रकार सम्मेलनमा थापाले भने-अब हामी पनि सडकमा जान्छौं, कांग्रेस एमालेले हाम्रो कुरा नसुने संविधानसभामा प्रश्नवाली प्रस्तुत हुनै रोक्छौं ।’

भिडियो हेर्नुहोस्-

प्रस्ताव समितिको निर्णयलाई संविधानसभामा प्रस्तुत हुन नदिने भन्दै उनले आकार र क्षमता अनुसार सशक्त प्रतिरोध गर्ने बताए । राप्रपा नेपालका अध्यक्ष थापाले भने-गणतन्त्र, धर्मनिरपेक्षा र संघीयताबारे प्रश्नसम्म उठाउने नपाइने स्वच्छाचारी निर्णय हो । हामी पराजित हुन तयार छौं भन्दा पनि दिएनन् ।’

संविधासनभा बाहिरकालाई समेत मिलाउनुपर्ने बेलामा कांग्रेस र एमालेले संविधानसभामा भएका शक्तिहरुलाई एकपछि अर्को पाखा लगाउने काम गरेको उनको आरोप छ ।

‘कांग्रेस एमालेको स्वेच्छाचारिता र दम्भका कारण प्रजातन्त्र खतरामा पर्ने भयो’ थापाले भने । उनले प्रश्नावली समितिमा आफूहरुका मान्यता राख्न नदिएको सन्दर्भमा मंगलवार संविधानसभा अध्यक्ष सुवास नेम्वाङलाई भेटेरै ज्ञापनपत्र दिइने बताए ।

यसअघि नै प्रक्रिया बहिस्कार गरेको प्रचण्ड मोर्चासँग सडकमा सहकार्य हुन सक्छ ? भन्ने प्रश्नमा थापाले त्यसको सम्भावना रहेको बताए ।

‘सडकमा गइसकेपछि भेट अवश्य हुनेछ, सहकार्य पनि हुन सक्छ, तर यसबारे छलफल भएको छैन’ थापाले पत्रकार सम्मेलनमा भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?