+
+

नेपालमा हरेक बर्ष क्यान्सरका ५८ हजार नयाँ रोगी

अनलाइनखबर अनलाइनखबर
२०७१ माघ २१ गते १२:४२

२१ माघ, ललितपुर । नेपालमा हरेक वर्ष ५८ हजार क्यान्सर रोगी थपिने गरेको तथ्यांक सार्बजनिक भएको छ ।

विश्व क्यान्सर दिवसको अवसरमा नेसनल हस्पिटल एन्ड क्यान्सर रिसर्च सेन्टरले आज क्यान्सर रोगीसँग गरेको अन्तरक्रियामा यो तथ्यांक सार्बजनिक गरिएको हो ।

Cancer-cellरिसर्च सेन्टरका प्रमुख श्यामकृष्ण जोशीले अव्यवस्थित जीवनशैली, प्रदूषित वातावरण, तनाव र सुर्तिजन्यका कारण नेपालमा क्यान्सर रोगी थपिँदै गएको बताए ।

उनका अनुसार नेपालमा अन्य क्यान्सर रोगीको तुलनामा हरेक वर्ष १८ हजारदेखि २० हजार फोक्सोको क्यान्सर रोगी र ५८ हजार विभिन्न प्रकारका नयाँ क्यान्सर रोगी थपिने गरेका छन् ।

कार्यक्रममा जिल्ला जनस्वास्थ्य कार्यालय ललितपुरका प्रमुख केदारराज पराजुलीले तौल घट्दै गए, खानामा अरुचि भए, नियमित टाउको दुखे तुरुन्तै चिकित्सकको सल्लाह लिन सुझाव दिए ।

कार्यक्रममा सहभागी क्यान्सर रोगीहरुले निश्चित स्थानमा मात्र क्यान्सर रोगको उपचार गर्ने अस्पताल भएकाले धेरै बिरामीले अकालमा ज्यान गुमाउनु परेको बताएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?