+
+

स्पेनमा नेपाली दूतावास स्थापना सरकारको प्राथमिकतामाः प्रधानमन्त्री

बार्सिलोना । प्रधानमन्त्री सुशील कोइरालाले स्पेनमा नेपाली राजदूताबास स्थापनाको लागि सरकारले उच्च प्राथमिकता दिने बताएका छन् । गैरआवासीय नेपाली संघ रास्ट्रिय समन्वय परिषद् स्पेनको नेतृत्वमा गएको टोलीसँग भेटबार्ता गर्दै कोईरालाले यस्तो प्रतिबद्धता ब्यक्त गरेका हुन्।

अनलाइनखबर अनलाइनखबर
२०७१ माघ २२ गते ११:३२

spain-ambesy chahiyoबसन्त रानाभाट

बार्सिलोना । प्रधानमन्त्री सुशील कोइरालाले स्पेनमा नेपाली राजदूताबास स्थापनाको लागि सरकारले उच्च प्राथमिकता दिने बताएका छन् ।

गैरआवासीय नेपाली संघ रास्ट्रिय समन्वय परिषद् स्पेनको नेतृत्वमा गएको टोलीसँग भेटबार्ता गर्दै कोईरालाले यस्तो प्रतिबद्धता ब्यक्त गरेका हुन्। कोईरालाले दूताबासको मागसहित हस्तान्तरण गरिएको ज्ञापनपत्र बुझ्दै गैरआवासीय नेपालीहरुले खेलेको भूमिकाको प्रशंसा गर्दै धन्यबाद ब्यक्त गरे।

भेटवार्तामा सहभागी एनआरएनए स्पेनका अध्यक्ष एकराज गिरीका अनुसार प्रधानमन्त्री कोईरालाले स्पेनबासी नेपालीहरुका समस्या प्रति आफु गम्भिर रहेको बताएका छन्। प्रधानमन्त्रीले प्रक्रिया पुरा गरी दूताबास स्थापनामा लागि आफुले तत्काल सम्बन्धित निकायमा छलफल गरी पहल सुरु गर्नेबारे भेटमा सहभागीहरुलाई आश्वस्त पारेको गिरीले बताए ।

बुधबार सम्पन्न भेटवार्तामा गैरआवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषद् युरोप क्षेत्रीय सह-संयोजक सोम सापकोटा, सल्लाहकार पुष्पराज तिमल्सिना, सदस्य दीपक खरेल, राष्ट्रिय समन्वय परिषद् स्पेनका सदस्य प्रकाश भट्टराईलगायतको सहभागिता रहेको थियो।

प्रतिनिधिमन्डलले नेपाली काग्रेसका नेता शंशाक कोइरालासँग पनि एक छुट्टै भेटबार्ता गरेको थियो । सभासद कोईरालाले पनि दूताबास स्थापनाको बिषयमा आफु सकारात्मक रहेको र सक्दो पहल गर्ने प्रतिबद्दता ब्यक्त गरेका थिए ।

दूताबास नहुदा स्पेनमा पासपोर्ट र अन्य आवश्यक कागजात बनाउनका लागि झन्झट र खर्च गर्नुपर्ने बाध्यता छ। फ्रान्सको पेरिसस्थित दूतावासले ५ बटा देशलाई हेर्नुपर्ने हुँदा, करिब १० हजार स्पेनका नेपालीहरुको समस्यालाई सम्बोधन गर्न सकेको छैन ।

स्पेनबासी नेपालीहरुमा आशा पलायो

औपचारिक रुपमा नै नेपाल सरकारका उच्च पदस्थ ब्यक्तिहरुसँगको भेटबार्तापछि दूताबास स्थापना हुनेमा स्पेनबासी नेपालीहरुमा आशा पलाएको छ। पहिले भन्दा अहिले धेरै आशा जागेको बार्सिलोनामा बसोबास गर्दै आएका बागलुङ्का हिरालाल सापकोटा (डायमण्ड) बताउँछन् ।  प्रधानमन्त्री, परराष्ट्रमन्त्री,परराष्ट्र सचिब, जो निर्णय गर्ने र कार्यान्वन गर्ने तहमा छन्, उनीहरुले नै आश्वस्त पारेपछि विश्वास जागेको धारणा राख्दै सापकोटाले संबिधान निर्माणको समय र दलहरुबीच बढ्दै गएको दुरीको कारणले तत्कालै स्थापना हुनेमा अझै शंका लागेको बताए।

स्पेनमा हुने अन्तरक्रिया कार्यक्रमहरुमा दलका नेताहरुसँग समस्याहरु राख्दा दिक्क बनेका नेपालीहरुले एनआरएनएले गरेको पहललाई सकरात्मक रुपमा लिदै सरकारी निर्णयको प्रतिक्षा गरेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?