Comments Add Comment

यी सेलिब्रिटी जो ह्याकरको हमलामा परे

आफ्ना फ्यानसँग सम्बाद गर्न र समाजसँग जोडिन सामाजिक संजाल आजकल सवैजसो कलाकारको अभिन्न अंग बन्न थालिसके । आफ्ना निजी पलका तस्वीर, भावना र सन्देशहरु प्रवाह गर्न उनीहरुले सामाजिक संजालको भरपुर उपयोग गरिरहेका छन् ।

तर, सामाजिक संजालका उनीहरु नितान्त ब्यक्तिगत खातामाथि ह्याकरको हमला भोग्दै आएका छन् । कुनैकुनै कलाकारको खाता पाँचपटकसम्म पनि ह्याक भएको छ ।

आउनुहोस् आज हामी तपाईंलाई त्यस्ता केही सेलिबि्रटीका कथा सुनाउँदै छौं जसको अकाउन्ट ह्याकरको हमलामा पर्‍यो ।

poonam pande
पुनम

 

पाकिस्तानीको आँखा पुनम पाण्डेमाथि

मोडल पुनम पाण्डेको उत्तेजक तस्बिरले ईन्टरनेटमा सनसनी मच्चाईरहेको बेला एक पाकिस्तानी संस्थाले उनको खाता बन्द गरिदिएको थियो । साइबर सेल डिपार्टमेन्ट पुगेर कम्प्लेन गरेपछि मात्रै उनको इन्टरनेट खाता पुनः सुचारु भएको थियो ।

हलिउड अभिनेत्री मिला कुनीसको साईट ह्याकरहरुले कुनीसका केही निजी तस्बिर ईन्टरनेटवाट सार्वजनिक गरिदिएका थिए । हलिउड अभिनेत्री स्कारलेट जोहान्सन पनि साईबर ह्याकरको शिकार भएकी थिईन् । त्यसरी भएको ह्याकमा उनले केही राम्रा तस्बिरहरु गुमाएकी थिईन् भने, उनले आफ्नो अनलाईन पनि गुमाएकी थिईन् ।

मेघना
मेघना

मेघना गर्भवती भएको कुरो फैलियो

ह्याकरको शिकार हुने अर्कि हट हिरोईन हुना् मेघना नायडु । ह्याकरहरुले उनको ईमेल ह्याक गरेपछि उनका केही साथीहरुसंग च्याट गर्दै आफु गर्भवती भएको र शरीरमा चोट पटक लागेको भन्दै सहयोग गर्न आग्रह गरेका थिए ।

आफ्नो मेलवाट यस किसिमको गलत सन्देश गएको थाह पाएपछि मेघनाले प्रहरीमा उजुरी गरिन् । त्यसपछि मात्रै उनको साईट ह्याक भएको पुष्टि भएको थियो ।

लगभग मेघनाकै समस्या भोग्नु पर्‍यो हलिउड अभिनेत्री क्रिष्टिएना अगुइलेराले । उनका केही गोप्य तस्बिरलाई ह्याकरले सार्वजनिक गरिदिएका थिए । तृषा कृष्णाको अकाउन्ट पनि साईबर ह्याकरले खाता बन्द गरिदिएका थिए ।

सेलेना
सेलेना

नायिका हंसिका मोटानीको ट्वीटर एकाउण्ट ५ पटक ह्याक भयो । ट्वीटर खाता बन्द गरेर ह्याकरहरुले उनको बिरुद्धमा दुष्प्रचार गर्ने प्रयाश नगरेका होईनन् तर, सकेनन् ।

नायिका सेलेना गोमेजको फेशबुक पेज ह्याक गरेर ह्याकरहरुले उनका वारेमा केही नकारात्मक टिप्पणी पोष्ट गरे । ह्याकरहरुले उनको ब्याईफ्रेण्ड जष्टिन वीवरसँग बसेको केही तस्बिरहरु पोष्ट गरिदिएका थिए ।

प्रसिद्ध निर्देशक महेश भट्ट पनि ह्याकरको मारमा परेका छन् । सन् २०१३ नोभेम्बर २९ मा उनको ट्वीटर ह्याक गर्दै नायिकाहरु पुनम पाण्डे र सन्नी लियोनीलाई सन्देश पठाएका थिए । -टाइम्स अफ इण्डियाको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment