+

लिभरपुल, एचएचसीए र ज्ञाननिकेतनलाई उपाधि

२०७१ माघ  २३ गते १९:३८ २०७१ माघ २३ गते १९:३८
लिभरपुल, एचएचसीए र ज्ञाननिकेतनलाई उपाधि

२३ माघ, काठमाडौं । लिभरपुल, हिमालयन हेल्पलेस चाइल्ड एकेडेमी (एचएचसीए) र आयोजक ज्ञाननिकेतनले १३ औं ज्ञाननिकेतन बास्केटबल च्याम्पियनसिपको उपाधि शुक्रबार जितेका छन् ।

लिभरपुल कलेजको ब्वाइजतर्फ च्याम्पियन भयो भने ज्ञाननिकेतनले जुनियर ब्वाइजमा पहिलो स्थान हात पार्‍यो । दोहोरो उपाधि जित्न सफल एचएचसीए सिनियर ब्वाइज र सिनियर गल्र्समा शीर्ष स्थानमा रह्यो ।

कलेजको ब्वाइज फाइनलमा लिभरपुलले बर्नहार्टलाई ६२-४६ ले पराजित गर्‍यो । लिभरपुलका आशिष बस्नेतले २३ अंक जोडे ।

सिनियर ब्वाइजको फाइनलमा एचएचसीएले डिफेन्डिङ च्याम्पियन इनोभेटिभ इङलिस स्कुललाई ७०-६० ले हरायो । विजेताका पविन राईले २५ अंक बटुले । सिनियर गल्र्सको उपाधि भिडन्तमा सन्जु राईको ११ अंक सहयोगमा एचएचसीएले न्यु भिजनलाई ३२-२४ ले पाखा लगायो ।

जुनियर ब्वाइजमा च्याम्पियन बनेको ज्ञाननिकेतनले डिफेन्डिङ च्याम्पियन नेरिक एकेडेमीलाई ३२-२१ ले स्तब्ध पार्‍यो । ज्ञाननिकेतनको जितमा मनीष तामाङले १० अंक योगदान गरे ।

फाइनल खेलका चारै सर्वाधिक स्कोरकर्ता आशिष, सन्जु, पविन र मनीष आ-आफ्नो विधामा ‘मोस्ट भेलुएबल प्लेयर’ घोषित भए ।

कलेजतर्फ बर्नहार्टका अनिल खड्गी (८१ अंक), सिनियर गल्र्समा एचएचसीएकी मिग्मा शेर्पा (५१ अंक), जुनियर ब्वाइजमा नेरिकका असिम भण्डारी (३२ अंक) तथा सिनियर ब्वाइजमा इनोभेटिभका आशिष बस्नेत (६८ अंक) सर्वाधिक स्कोरकर्ताको सूचीमा शीर्ष स्थानमा रहे ।
माघ १५ गते सुरु प्रतियोगिताको चारै विधामा समान ८-८ गरी ३२ टिम सहभागी थिए ।

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय