मुम्बई । ‘फितुर’को सुटिङका लागि काश्मीर पुगेकी कट्रिना कैफ अहिले आफ्ना प्रेमी रणबीर कपुरलाई भेट्न दिल्ली पुगेकी छिन् । फितुरका निर्देशक अभिषेक कपुरले सुटिङमा डिष्टर्ब नहोस् भन्दै रणबीरलाई कट्रिना भेटनका लागि काश्मिर नआउन आग्रह गरेका थिए ।
रणबीरसँग न्यास्रिएकी कैट सुटिङ सकिएलगत्तै सिधै दिल्लीस्थित रणबीरको घरमा पुगेकी थिईन् ।
अहिले रणबीर मुम्बईमा दीपिका पादुकोणसँग ‘तामासा’ को सुटिङमा ब्यस्त छन् । सुटिङमै भेट्दा रणबीरलाई तनाब नहोस् भनेर सुटिङ स्पटमा कटि्रना नगएको विभिन्न समाचार एजेन्सीले जनाएको छन् ।
रणबीर र दीपिका पूर्वप्रेमी प्रेमीका हुन् । कटि्रनासँग मगनी भएको हल्ला चलेपछि दीपिकाले कैटलाई रणबीरसँग बिबाह नगर्न सुझाब दिएकी थिईन् । त्यसको केही दिनपछि दीपिकाले आफु रणबीरसँग बिबाह गर्न ईच्छुक रहेको बताएकी थिईन् । रणबीर र कट्रिनाले भने अहिलेसम्म आफ्नो सम्बन्ध रहेको अस्वीकार गर्दै आएका छन् ।
प्रतिक्रिया 4