Comments Add Comment

प्रेम दिवसमा झरना, मेलिना र निताको क्याटवाक

valentine
भ्यालेन्टाईन डेको अवसरमा बेटर ग्यालेक्सीले विषेश किसिमको फेशन शो गर्ने भएको छ । ‘भ्यालेन्टाईन डे रनवे रोमान्स’ कार्यक्रम त्रिपुरेश्वरको ब्लुबर्ड मलको मुड्स लङमा हुने भएको छ । कार्यक्रममा चलचित्र क्षेत्रका केही चर्चित जोडीहरुले क्याटवाक गर्ने भएका छन् ।

यसपालीको कार्यक्रममा नायिका झरना थापा र निर्माता सुनिल कुमार थापा, मुकेश ढकाल र मेलिना मानन्धर, निता ढुंगाना र आमेश भण्डारी, दीलीप रायमाझी र उनकी श्रीमति मञ्जु रायमाझीले क्याटवाक गर्ने भएका छन् ।

भ्यालेन्टाईन अर्थात प्रेमदिवसको अवसरमा गरिने कार्यक्रममा प्रेममा सफल भएका जोडीलाई र्‍याम्पमा प्रस्तुत गर्न लागेको आयोजक संस्थाको भनाई छ ।

Rojina-shrestha
रोजिना श्रेष्ठ

कार्यक्रममा अभिनेत्री करिष्मा मानन्धर, नन्दिता केसी, सञ्चिता लुईटेल, फोटोग्राफर राजभाई सुवाल र मोडल प्रशान्त ताम्राकार विषेश अतिथिका रुपमा सहभागी हुनेछन् ।
कायरा बुटिकको प्रस्तुति रहेको कार्यक्रमको कोरीयोग्राफी धिरज तण्डुकारले गर्ने छन् । कार्यक्रममा रोजिना श्रेष्ठको फेशन डिजाईन समावेश हुनेछ । उक्त संस्थाले बिगत १२ वर्षदेखि भ्यालेन्टाईनको अवसरमा कार्यक्रम गर्दै आएको छ । यो वर्ष केही चर्चित जोडीहरुलाई सहभागी गराएर कार्यक्रमलाई विषेश बनाउन खोजेको तण्डुकारले बताए ।

फेशन शोको अतिरिक्त प्रेम झल्किने अन्य थुप्रै कार्यक्रम हुने भएको छ । लभ गेम, लभ डान्स, लाईभ कन्सर्ट, डिजे पार्टी आदीको मज्जा दर्शकहरुले लिन सक्नेछन् ।

फेशन शोहरुमा सेलीब्रेटीलाई विषेश स्थान दिंदै आएको कायरा बुटिकले नेपालमा विभिन्न समयमा फेशन शो गर्दै आएको छ । केही महिना अघि पोखरामा बृद्धाश्रमको सहयोगार्थ हङकङमा फेशन शो गरेको थियो । फेशन शो कै लागि अव युके जाने तयारीमा रहेको रोजिनाले बताईन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment