Comments Add Comment

चार महिनाभित्र अपर मर्स्याङदी र तामाकोशी तेस्रोका पीडीए

Tamakoshi third२७ भदौ काठमाडौं । लगानी बोर्डले आगामी चार महिनाभित्र माथिल्लो मस्र्याङदी र तामाकोशी तेस्रो जलविद्युत आयोजनाको आयोजना विकास सम्झौता टुंगो लाग्ने बताएको छ ।

६ सय ५० मेगावाट विद्युत उत्पादन क्षमताको तामाकोशी तेस्रोको पीडीएका लागि नर्वेजियन कम्पनी स्टेटक्राफ्ट र ६ सय मेगावाट विद्युत उत्पादन क्षमताको मस्र्याङदीको पीडीएका लागि भारतीय कम्पनी जीएमआरसँग वार्ता भइरहेको लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत राधेश पन्तले अनलाइनखबरलाई जानकारी दिए ।

‘प्रवर्द्धक कम्पनीहरुसँग विभिन्न चरणमा वार्ता भइरहेको छ, आगामी तीन/चार महिनामा टुंगो लाग्छ’ पन्तले भने- ‘हामीले नेपालको अधिकतम हित हुने विषय उठाएका छौं ।’ नेपालीलाई सेयर, निःशुल्क विद्युत्, प्रभावितलाई राहत तथा क्षतिपूर्तिलगायत विषय उठाइएको उनले जानकारी दिए ।

मनाङमा पर्ने माथिल्लो मस्र्याङ्दी आयोजनाको प्रारम्भिक लागत १ खर्ब ५ अर्ब रुपैयाँ र दोलखाको तामाकोशीको प्रारम्भिक अनुमानित लागत १ खर्ब ११ अर्ब रुपैयाँ रहेको छ । यी दुवै आयोजनाले सन् २००७ मा इजाजत पाएका हुन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment