मुम्बई । रणवीर कपुर र कट्रिना कैफवीचको सम्बन्धबारे दैनिक नयाँनयाँ खवर आएपनि उनीहरुले अहिलेसम्म मुख खोलेका छैनन् ।
तर, अति भएपछि एक दिन उनीहरुले मुख नखोली सुखै हुँदैन भन्ने कुरा हालैको रणवीरको टिप्पणीले पनि पुष्टी गरेको छ ।
कट्रिना कैफले ‘फितुर’ को सुटिङ सकेर सिधै रणबीरलाई भेटन दिल्ली पुगेको घटना सार्वजनिक भएपछि रणबीरले मिडिया सामु मुख खोलेका छन् ।
उनले मिडियालाई सल्लाह दिंदै भनेका छन्- ‘मेरो र कट्रिनाको निजी जीवनका वारेमा अनुमान गरेर समाचार नलेख्नुस् ।’
मुम्बईमा आयोजित एक कार्यक्रममा रणबीर र कट्रिनाको मगनीको विषयमा संवाददाताहरुले प्रश्न गरेका थिए ।
रणबीरले सिधै गलत समाचार छापिएको भन्दै भने ‘अहिले समाचार छापिएको देख्दा मलाई लाग्छ मैले मगनी गरेको बेलामा चाँही समाचार नछापिने हो कि ?’
उनले आफुलाई पनि श्रीमति र बच्चाको रहर लागेको भन्दै तत्काल कुनै सम्भावना नभएको बताए ।
कट्रिना नयाँ वर्षको छुट्टी मनाउन बेलायत गएको बेला उनीहरुको मगनी भएको खवर उनीहरुको नजिकका साथीले लिक गरेका थिए । अहिलेसम्म दुबैले एकअर्काविच प्रेमसम्बन्ध रहेको अस्वीकार गर्दै आएका छन् ।