Comments Add Comment

आठवटी हिरोइनसँग रोमान्स गर्दै कपिल शर्मा

kapil-1

कमेडियन कपिल शर्माले सानो पर्दामा तहल्का मच्चाएपछि अन्ततः ठूलो पर्दामा डेब्यु गर्दैछन् । सानो पर्दामा छँदै बलिउडका मै हुँ भन्ने कलाकारलाई उछिनेका कपिलले ठूलो पर्दामा नयाँनयाँ रेकर्ड बनाउन तल्लिन छन् ।

सुरुमा उनले यशराज फिल्मको ‘बैंक चोर’मार्फत् ठूलो पर्दामा आउने तयारी गरेको भएपनि अन्तिम समयमा आएर कुरा मिलेन् । तर, उनलाई अर्को फिल्मको अफर आइहाल्यो ।

यतिबेला उनी ‘किस किसको प्यार करुँ’ बोलको फिल्ममा हिरोको भूमिकामा अभिनय गरिरहेका छन् ।

नोभेम्बरबाट सुटिङ थालिएको फिल्मका केही दृष्य सार्वजनिक भएका छन् । जहाँ कपिल हिरोइन मञ्जरी फन्डिससँग रोमान्स गरिरहेको देखिन्छन् ।

उस्तै कालो पोशाकमा सजिएर कपिल र मञ्जरीले अंकमाल गरिरहेको तस्वीरमा देखिन्छ ।

kapil 2

कपिलले मञ्जरीमात्र हैन, यो फिल्ममा अभिनय गरेका आठजना नायिकासँग रोमान्स गरेको निर्माण सूत्रले जानकारी दिएको छ । फिल्मको नामले बताएजस्तै कपिल यी आठै नायिकासँग मस्ती गर्दै कसकससँग प्रेम गरुँ भन्ने दोधारमा परेको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment