Comments Add Comment

मनाङ आहा रारा गोल्डकपको फाइनलमा

१ फागुन, पोखरा । मनाङ मर्स्याङ्दी क्लब आहा रारा गोल्डकप फुटबलको फाइनलमा प्रवेश गरेको छ ।

शुक्रबार भएको दोस्रो सेमिफाइनलमा सुदूरपश्चिम फुटबल क्लबलाई २-० ले पराजित गर्दै मनाङ उपाधि नजिक पुगेको हो । अब उसले उपाधिका लागि चिरप्रतिद्वन्द्वी थ्रीस्टारसँग खेल्नेछ ।

पोखरा रंगशालामा भएको खेलमा मनाङले १७ औं मिनेटमा अनिल गुरुङको गोलबाट सुरूवाति अग्रता लियो । सुदूरपश्चिमलाई दबावमा राखेको मनाङका दीपक राईको प्रहार पोलमा लागेर फर्कियो ।

दोस्रो हाफमा पनि मनाङले गोल गर्ने केही मौका गुमायो । खेलको अन्तिमतिर सुजल श्रेष्ठले गोल गर्दै मनाङलाई २-० गोल अन्तरको जित दिलाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment