Comments Add Comment

महाशिवरात्रीमा जोगीलाई पाहुना सत्कारको पिरलो

२ फागुन, काठमाडौ । जोगीको कुटीमा जोगी नै पाहुना । कालमोचनघाटका जोगी अखडामा महाशिवारात्रि पर्व आएपछि जोडीको सातोमात्र उड्दैन, छटपटी नै सुरु हुन्छ । महाशिवरात्रिमा आएका पाहुनालाई कसरी मेजमानी पुर्याउने भन्ने समस्याले छोप्छ, गोरखापत्रमा खबर छ ।

कालमोचनघाट बैरागी अखडाका पूर्वमहन्थ अर्जुन दास भन्छन्, ‘जुद्ध र मोहनशमशेरको पालामा तत्कालीन यी महाराजबाट यही अखडामा चाँदीका डबल शिवरात्रीमा आउने जोगीलाई बाँडिन्थ्यो । अचेल जोगीलाई जनही ३० रुपैयाँ गुठी संस्थानले खर्च दिन्छ । चिया एक कपकै १५ रुपैयाँ पर्ने जमाना छ । यस्तो अवस्थामा आएका पाहुनालाई कसरी सत्कार गर्ने भन्ने पिरलो रहन्छ ।’

कालमोचनघाटकै उदासी अखडाका महन्थ पुष्पदास पनि आएका पाहुनालाई शिवरात्री अवधिभर सत्कार गर्न खर्च अपुग हुने गरेको गुनासो गर्छन् । आफ्ना सम्प्रदायका थुप्रै साधु अखडामा धुनी जगाउन आउँछन् । राम्रो सत्कार गर्न सकिएन भने अखडाको बिजोगबारे मुलुकका विभिन्न अखडामा हल्ला फैलिन्छ । दातावर्गले साधुका लागि केही दान गरे राम्रोसँग महाशिवरात्रि मनाइएला भन्ने आशा छ ।

सोही ठाउँमा दशनामी सन्यासी अखडाका श्रमहन्थ रामानन्द गिरीले पनि गुठी संस्थानले जनही दिने तीस रुपैयाँले खर्च नपुग्ने बताउँछन् ।

जोगीको ठूलो पर्व भनेकै महाशिवरात्रि हो । यो पर्वमा पनि जोगीलाई ऋण लाग्छ । लिएको पेस्की रकममा घाटा लाग्यो भने त्यो जोगीले नै तिर्नुपर्ने अवस्था रहेको गिरी बताउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment