Comments Add Comment

रातको पौने नौ-सम्भोगको उत्तम साइत

sex

यदि तपाइँले यो समाचार ठ्याक्कै रातको पौन नौ बजेतिर पढिरहनुभएको छ भने बुझ्नुहोस् तपाइँले निकै राम्रो साइत गुजारिरहनु भएको छ । रातको पौन ९ बजे के काम गर्नका लागि गुजार्नै नहुने खालको उत्तम साइत होला ? भनेर प्रश्न गर्नुहोला ।

धेरैले सहजै लख पनि काटिसक्नुभएको होला । हो, एक सर्भेक्षणले रातको झण्डै पौन ९ अर्थात् ८ बजेर ४७ बजेको समय सम्भोगको लागि सबैभन्दा लोकपि्रय तथा उत्तम समय रहेको देखाएको छ ।

शनिवार परेको प्रणय दिवसको अवसरमा गरिएको सर्भेक्षणले यस्तो देखाएको हेा । यद्यपि यो सर्भेक्षण हाम्रो देशमा गरिएको होइन, बेलायतमा गरिएको हो । तर यसको निष्कर्ष भने हामीसँगै झण्डै मेल खाने खालको छ भन्दा फरक नपर्ला ।

सर्भेक्षणका क्रममा अधिकांस बेलायतीहरुले भ्यालेन्टाइन डे को रात ८ बजेर ४७ मिनेटमा आफु आफ्नो भ्यालेन्टाइन सँग यौनक्रिडामा मस्त रहने योजना सुनाए ।

१५ सय जना बेलायतीमा गरिएको अध्ययनले भ्यालेन्टाइन डे वर्षभरिकै सबैभन्दा रोमान्टिक तथा यौनआतुर दिन रहेको समेत देखाएको मेट्रो डट को डट युके अनलाइनले जनाएको छ ।

सर्भेक्षणमा सहभागी मध्ये ४२ प्रतिशतले उक्त दिन आफुले अघिपछि भन्दा बढि सम्भोग गर्ने गरेको बताएका छन् । त्यस्तै ३५ प्रतिशतले भ्यालेन्टाइन डे का दिन आफु अघिबढि भन्दा बढि सेक्सी देखिने गरेको अनुभव सुनाएका छन् ।

यस अनुसार भ्यालेन्टाइन डे को रात ८ बजेर ४७ मिनेटलाई ‘सेक्स ओ क्लक’ को उपमा दिइएको छ । कारण, यो समयमा अधिकांस जोडीहरु यौनक्रिडामा व्यस्त हुने गरेको पाइएको छ ।

यद्यपि सर्भेक्षणले केही फरक तथ्य पनि उजागर गरेको छ । नव विवाहित जोडीहरुले भने भ्यालेन्टाइन डे को दिन बेलुकीबाटै सम्भोगको नित्य कर्म सुरु गर्ने गरेको पाइएको छ । नव विवाहितहरु उक्त पवित्र तथा रोमान्टिक दिनको रात्रिकालमा अबेरसम्म धैर्य गर्न नसक्दा रहेछन् । त्यसैले बेलुकीको ८ बजेर ७ मिनेटबाटै उनीहरुको नित्यकर्म सुरु भैसक्ने रहेछ । विवाह गरेको अलिक धेरै समय पुगेका पाका दम्पतिहरु भने ९ बजेर ७ मिनेटपछि बाट मात्र यौन कार्यमा समाहित हुने गरेको सर्भेक्षणले देखाएको छ ।

लालाबाला भएका दम्पतिहरुका लागि भने भ्यालेन्टाइन डे को रातमा समेत समयमै काम सुचारु गर्ने मौका मिल्दैन । बच्चाबच्ची सुताइवरी रात छिप्पिएपछि झण्डै साढे ९ बजेतिरबाट मात्र उनीहरु एक अर्कामा समर्पित हुने गरेको पाइयो ।

सेक्स ट्वायको अनलाइन बिक्रेता लभहनीले गरेको सर्भेक्षणले भ्यालेन्टाइन डे को दिन सयमा ८० भन्दा बढि जोडीहरुले सम्भोग गर्ने गरेको देखाएको ेछ । लभहनीका एकजना संस्थापक रिचार्ड लंगहस्र्ट भन्छन्, ‘यो दिन सहवासका लागि उनीहरु सुत्ने समय पर्खिरहन सक्दैनन् ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment