+
+

अनेसासको महिला समिति गठन

अनलाइनखबर अनलाइनखबर
२०७१ फागुन ७ गते ११:४२


anesasन्युयोर्क
। नेपाली महिला साहित्यकारहरुको विश्व विस्तारिकरण तथा उनीहरुको सिर्जना र प्रतिभालाई समान रुपले विश्व सामु चिनाउने प्रयासलाई अगाडि बढाउने हेतुले अनेसास महिला समिति गठन गरिएको छ ।

अनेसास बोर्ड अफ ट्रष्टिका सह-उपाध्यक्ष तथा पूर्व अध्यक्ष गीता खत्री (न्युयोर्क) को संयोजकत्वमा समिति गठन भएको हो ।

समितिको सह-संयोजकमा उन्नति बोहोरा शिला (नेपाल) र सीता पाण्डे (वाशिंगटनडिसी) रहेका छन् । सदस्य-सचिबमा शकुन्तला ज्ञवाली (न्युयोर्क) रहेकी छन् ।

यसैगरी सदस्यहरुमा विमला निरौला, (मेरिल्याण्ड ), लक्ष्मी राई लारा  (बेलायत )  , समश्री ( इजरायल)   पुनम काफ्ले (न्युजर्सी) , गंगा लिगल ( टेक्सास), लतिका जोशी ( भारत), जीवन अर्याल (जापान),  ममता कर्माचार्य ( बोष्टन), सुजाता क्षेत्री (फ्रान्स), रोजी भट्टराई (अष्ट्रेलिया)  रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?