सलमान खान
७ फागुन, भैरहवा । सदभावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले विगतमा राजनीतिक दलहरुसँग भएका सहमतिको लिखित प्रमाण देखाउन पूर्वराजा ज्ञानेन्द्र शाहलाई चुनौति दिएका छन् ।
पूर्व राजा ज्ञानेन्द्रले प्रजातन्त्र दिवसको पूर्वसन्ध्यामा शुभकामना सन्देश दिँदै विगतमा आफूसँग भएको सहमति कार्यान्वयन गर्न दलहरुलाई आग्रह गरेका थिए ।

सदभावना अध्यक्ष महतोले विहीवार भैरहवामा आयोजित पत्रकार सम्मेलनमा भने, ‘ज्ञानेन्द्रले चान्समा डान्स गर्न खोजे जस्तो छ, के सहमति भएको हो भन्नुपर्यो, लिखित प्रमाण ल्याउनु पर्यो ।’
उनले ज्ञानेन्द्रले नारायणहिटी छाड्नु अघि र छाडिसकेपछि पनि राजनीतिक दलहरुसँग कुनै सहमति-सम्झौता नभएको दाबी गरे ।
‘ओली महाभिलेन, प्रधानमन्त्री सहायक भिलेन’
उनले संविधान निर्माणको क्रममा एमाले अध्यक्ष केपी ओली महाभिलेन र प्रधानमन्त्री सहायक भिलेनको भुमिकामा रहेको आरोप समेत लगाए ।
मुलुकमा सबै मधेशी पहाडी मिलेर बसेको स्थितिमा ओलीले मधेस र पहाडलाई जोडेर प्रदेश बनाउन खोजेर विभेद ल्याउन खोजेको महतोले आशंका गरे । त्यसो गरे मधेसी र पहाडीबीच साम्प्रदायीक दंगा भड्कीने उनले चेतावनी दिए ।
अध्यक्ष महतोले एक फरक प्रसंगमा सरकारसँग तत्काल वार्ता गर्ने स्थिति नरहेको बताए । उनले सरकार विरुद्धको आन्दोलन जारी रहने स्पष्ट पारे ।
एमाओवादी नेतृत्वको ३० दलीय मोर्चामा आबद्ध सदभावना अध्यक्ष महतोले भने, ‘हामीहरु वार्ता विरोधी होइनौं, आन्दोलनमा भाँड्न र कमजोर पार्नका लागि वार्ताको कुरा गरिन्छ भने त्यसको पक्षमा हुँदैनौं ।’
सदभावना अध्यक्ष महतोले तराई मधेसका जिल्लाका सरकारी कार्यालय सार्ने सरकारको निर्णय गलत भएको दाबी समेत गरे ।
प्रतिक्रिया 4