
२८ वैशाख, काठमाडौं । श्रीमानको हत्या आरोपमा श्रीमतीलाई खोटाङ प्रहरीले पक्राउ गरेको छ ।
आफ्नै श्रीमान् ५१ वर्षीय पाँचकर्ण राईको हत्या गरेको अभियोगमा उनकी श्रीमती रेनुका राई पक्राउ परेकी हुन् ।
हलेसी तुवाचुङ नगरपालिका–९ माथिल्लो चिचिङ्गा बस्ने ५३ वर्षीया रेनुकालाई शनिबार प्रहरीले पक्राउ गरेको हो ।
घरायसी विवादको क्रममा रेनुकाले कोदालोको पासो प्रहार गर्दा पाँचकर्ण गम्भीर घाइते भएका थिए । लगत्तै प्रहरी चौकी अर्खैलेबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । गम्भीर घाइते भएका पाँचकर्णको अन्नपूर्ण न्यूरो अस्पताल काठमाडौंमा थप उपचारको क्रममा मृत्यु भएको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4