Comments Add Comment

अध्यात्मतर्फ मनिषा, भनिन्-‘सन्यासको बारेमा सोच्दैछु’

manisha-koirala
क्यान्सर रोगसँगको लडाई जितेकी नायिका मनिषा कोइराला अहिले अध्यात्मतर्फ आफ्नो मन बनाइरहेकी छिन् । उनी भारतको हरिद्धारमा बाबा पायलटले आयोजना गरेको महामृत्युन्जय एकादेश रुद्र महायज्ञमा पुगेकी छिन् ।

उनीसँगै यो महायज्ञमा नेपालबाट गएका उनको परिवार पनि सहभागी थिए । मनिषाका बुबा-आमा यो महायज्ञमा सहभागी भएको भारतीय संचारमाध्यमले जनाएका छन् । मनिषा हरिद्धार पुग्दा गेरुबस्त्रको साथमा थिइन् । उनले निधारमा टिका लगाएकी थिइन् भने कालो चश्मा लगाएर साधुहरुको विचमा बसेकी थिइन् ।

मिडियाले तपाई सन्यास लिदै हुनुहुन्छ हो भनेर सोधेको प्रश्नमा मनिषाले भनिन्-‘सन्यास लिन निक्कै कठिन हुन्छ । समय आएपछि म सन्यास पनि लिन्छु । तर अहिले मलाई थाहा छैन कि म यसका लागि तयार छु या छैन ।’

मनिषाले आफू पायलट बाबाको निमन्त्रणामा हरिद्धार आएको बताइन् । उनले गंगा नदीमा पुग्दा आफूलाई आनन्द लाग्ने बताइन् । मनिषा १० दिनसम्म यो महायज्ञमा बस्नेछिन् ।

मनिषा अब चाडै नै राजकुमार सन्तोषीको तामिल चलचित्रमा देखिदैछिन् । बलिउडमा लामो समयसम्म आफ्नो राज जमाएकी मनिषाले नेपाली चलचित्र ‘फेरि भेटौंला र धर्मा’मा अभिनय गरेकी छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment