+

लज्जास्पद हारसँगै पाकिस्तानले बनायो खराव प्रर्दशनको कीर्तिमान

२०७१ फागुन  ९ गते ११:०५ २०७१ फागुन ९ गते ११:०५
लज्जास्पद हारसँगै पाकिस्तानले बनायो खराव प्रर्दशनको कीर्तिमान

Denesh Ramdin

९ फागुन, काठमाडौं ।  विश्वकप क्रिकेटमा पाकिस्तानले वेष्ट इण्डिजसामू लज्जास्पद हार ब्यहोरेको छ । शनिबार भएको खेलमा वेष्टइण्डिजले पाकिस्तानलाई १५० रनले पराजित गरेको हो ।

वेष्टइण्डिजसँग अहिलेसम्मकै सबैभन्दा ठूलो हार व्यहोर्ने क्रममा पाकिस्तानले वन डे क्रिकेटकै खराव प्रर्दशनको कीर्तीमान बनाएको छ । यसअघि सन् २००६ मा जिम्माब्बेविरुद्धको खेलमा क्यानडाले ४ रन बनाउँदा चार विकेट गुमाएको थियो ।

वेष्ट इण्डिजले प्रस्तुत गरेको ३११ रनको लक्ष्य पछ्याएको पाकिस्तानले मात्र १ रन जोड्दा चार विकेट (नासिर जमशेद, युनुस खान, ह्यारिस सोहेल र अहमद शाहजानलार्इ) गुमायो ।

पहिलो ओभरमा दुई विकेट गुमाएको पाकिस्तानले तेस्रो र चौथो ओभरमा पनि विकेट गुमायो । त्यसपछि उसलार्इ खेलमा फर्कन कुनै चमत्कार भए मात्र सम्भव थियो ।

२५ रन जोड्दा ५ विकेट गुमाएको उसको पारी कप्तान सोहिब मक्सुद र उमर अकमलले सम्हाल्ने प्रयास गरे । सोहिब र उमरले छैटौं विकेटका लागि ८० रनको साझेदारी गरे । छैटौं विकेटका रुपमा सोहिब ५० रनमा आउट भए ।

जश्न मनाते वेस्टइंडीज़ के खिलाड़ी

साहिद अफ्रिदीसँग ३४ रनको साझेदारी गरेका उमर सातौं विकेटका रुपमा ५९ रनमा पभेलियन फर्किएपछि पाकिस्तानले फेरि तिब्र गतिमा विकेट गुमायो । उसले थप २१ रन जोड्दा ३८.६ ओभरमा अल आउट भयो । अफ्रिदी २८ रन बनाए ।

पाकिस्तानलार्इ सस्तैमा समेट्ने क्रममा जेरोम टेलर र आन्द्रे रसेलले समान ३/३ विकेट लिए ।

पाँच क्याच ड्रप

यसअघि  क्राइस्ट चर्चमा पहिले ब्याटिङ गरेको वेष्टइण्डिजले दिनेश रामदीन र लिन्डल सिमोन्सको अर्धशतकको मदतमा ५० ओभरमा ६ विकेट गुमाएर ३१० रन बनाएको थियो ।

वेष्टइण्डिजले अन्तिम १० ओभरमा मात्र ११५ रन जोडेको थियो । आन्द्रे रुसेलले मात्र १२ बलमा तीन चौका र चार छक्काको मदतमा ४० रन बनाएका थिए  ।

Lendl Simmons of the West Indies plays a shot during the 2015  Cricket World Cup match against Pakistan

वेष्टइण्डिजका रामदीनले ५१ रन बनाए । ४३ बलको सामना गरेका उनले ७ चौका हानेका थिए । सिमोन्सले ४६ बलमा चार चौका र दुई छक्कको मदतमा ५० रन बनाए ।

डरेन ब्राभो ४९ रनमा रिटायर्ड हट भए भने मार्लोन श्यामुअलले ३८ रन जोडे । पाकिस्तानले पाँच क्याच छाडेको थियो, जसको वेष्टइण्डिजका ब्याट्सम्यानहरुले भरपुर फाइदा उठाए ।

विश्वकपमा पाकिस्तानको यो लगातार दोस्रो हार हो भने वेष्ट इण्डिजले पहिलो जित हात पारेको छ ।

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय