+
+

ह्वाट्सएपमै सुरु भयो फोन गर्ने सुबिधा

अनलाइनखबर अनलाइनखबर
२०७१ फागुन ९ गते २१:४३

Whatsapp on Pc (1) copy

यदि तपाई एन्ड्रोइड स्मार्टफोनमा ह्वाट्सएप नाम म्यासेजिङ एप चलाइरहनुभएको छ भने अब सित्तैमा फोन गर्ने सुबिधा उपलब्ध भएको छ ।

यसअघि केवल साथीहरुवीच म्यासेज आदान प्रदान गर्न सकिन्थ्यो । अबदेखि भाइवरजस्तै ह्वाटसएपमा पनि साथीहरुसँग भ्वाइस कल गर्न सकिन्छ ।

यसका लागि तपाईंले ह्वाट्सएपको सवैभन्दा पछिल्लो भर्सन अपडेट गर्नुपर्छ । त्यसपछि तपाईले यो फिचर एक्टिभेट भएका साथीहरुलाई आफुलाई कल गर्न आग्रह गर्नुपर्छ । त्यसपछि तपाईको ह्वाट्सएपमा पनि भ्वाइस सर्भिस एक्टिभ हुने छ । तापईकहाँ एक्टिभ भएपछि यही बिधिमार्फत् आफुले कल गरेर अरु साथीहरुको सेवा एक्टिभ गरिदिन सकिन्छ ।

अघिल्लो बर्षमात्र १९ अर्ब डलरमा ह्वाटसएपको स्वामित्व फेसुबकले किनेको थियो । त्यसयता ह्वाट्सएपले आफुलाई ब्यापक बनाउन बिभिन्न सुधारहरु गरिरहेको छ । पछिल्लो अभियानमार्फत् ह्वाट्एपले टेलिकम कम्पनीहरुको महत्वपूर्ण हिस्सा खोसिदिने योजना बनाइरहेको छ ।

ह्वाट्सएपले यो सेवा परिक्षण गरिरहेको छ । जसका कारण तत्कालै सवै युजरका लागि खुला गरिएको छैन् । एन्ड्रोइड किटक्याट वा ललिपप अपरेटिङ सिस्टममा भ्वाइससेवा सहितको ह्वाट्एप चलाउन सकिन्छ । यसका लागि २.११.५३१ भर्सन कम त्रुटीरहित छ, जसलाई ह्वाट्सएपको साइटबाट सिधै डाउनलोड गर्न सकिन्छ । -एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?