+
+

‘कबड्डी’को सिक्वेल ‘कबड्डी कबड्डी’ बन्ने

अनलाइनखबर अनलाइनखबर
२०७१ फागुन १० गते १०:३६

kabaddi-kabaddi
यही बर्षको वैशाखको दोश्रो साता प्रदर्शनमा आएर सफल भएको चलचित्र ‘कबड्डी’को सिक्वेल बन्ने भएको छ । ‘कबड्डी कबड्डी’ नाम दिइएको चलचित्रको घोषणा काठमाण्डौको मण्डला थिएटरमा आयोजना गरिएको एक कार्यक्रममा गरिएको छ ।

चलचित्रमा दयाहाङ राई , सौगात मल्ल, रिश्मा गुरुङ, बिजय बराल, बुद्धी तामाङ, शिशिर वाङ्देल, अरुणा कार्की, कमलमणी नेपाल लगायतका कलाकारको अभिनय रहनेछ ।

चलचित्रलाई ‘कबड्डी’कै निर्देशक रामबाबु गुरुङले निर्देशन गर्नेछन् । चलचित्रमा रामबाबु गुरुङ र उपेन्द्र सुब्बाको लेखन छ । चलचित्रको निर्माण सुनिलचन्द रौनियार र रौनकविक्रम कँडेलले मिलेर गर्न लागेका हुन् । चलचित्रका कार्यकारी निर्माता निश्चल बस्नेत हुन् भने ओमचन्द रौनियार र अर्जुन कार्की सह-निर्माता छन् ।

चलचित्रमा शैलेन्द्र डी कार्कीको छायांकन, निमेष श्रेष्ठको सम्पादन, कुमार महर्जनको एक्सन रहेनछ । फागुन २५ गतेबाट यो चलचित्रको छायांकन सुरु हुनेछ । चलचित्रको ९५ प्रतिशत छायांकन मुस्ताङमा नै गरिनेछ ।

‘कबड्डी’मा माया र प्रेमको कथा उठान गरिएपनि यसको सिक्वेलमा भने राजनीतिले स्थान जमाउने कार्यक्रममा जानकारी दिइएको छ । यसलाई प्रेम र राजनीतिको  भिडन्त भनिएको छ ।

पहिलो चलचित्र ‘कबड्डी’का नायककाजीको प्रेमकथाको निरन्तरता नै यसको सिक्वेलको मूलकथा भनिएको छ । आदर्श प्रेमको देहावसन र राजनीतिको तिकडम सुरु भएसँगै चलचित्रको कथा क्लाइमेक्समा पुगेर टुङ्गने निर्माणपक्षले बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?