काठमाडौं जिल्ला प्रशासन कार्यालय अगाडि मंगलबार भएको प्रदर्शनमा विद्यालय पढ्ने बालबालिकाले युनिर्फममै सहभागिता जनाए । उनीहरुले बसन्तपुरमा तेजाब आक्रमणमा परी घाइत भएका दुई छात्राको पक्षमा आवाज उठाए । दोषीमाथि कारवाही गर्न र शान्ति सुरक्षा कायम गर्न प्रशासनसमक्ष माग गरे ।
एमाओवादीसमर्थित अखिल क्रान्तिकारीको नेतृत्वमा भएको प्रदर्शनमा विद्यार्थी संगठनको झण्डासहित विद्यार्थीहरु सहभागी भएका थिए । विभिन्न सामाजिक संघ संस्थाले बुद्ध जयन्ती, रेडक्रस दिवस आदिमा यसैगरी विद्यालय पोशाकमा विद्यार्थीहरुको जुलुस निकाल्ने गरेका छन् ।
विगतमा तत्कालीन राजा वा रानीको जन्मोत्सवमा पनि यसैगरी विद्यालयका बालवालिकाहरुको जुलुस निकाल्ने गरिन्थ्यो ।
सामाजिक एवं राजनीतिक अभियानमा यसरी वालवालिकाहरु सडकमा आउनलाई तपाई कसरी विश्लेषण गर्नुहुन्छ ?
१. वालबालिकाले समाज र राजनीतिबारे चासो राख्नु राम्रो हो ।
२.कुनै पनि बाहानामा यसरी बालवालिकालाई प्रयोग गरिनु राम्रो होइन ।
३. माओवादीलाई मात्रै दोष किन ? सुकिला-मुकिलाका घरमा बँधुवा बनाइएका वालवालिकातिर पनि हेर्ने हो कि ?
प्रतिक्रिया 4