Comments Add Comment

मोइन खान क्यासिनो गएकोबारे छानविन सुरु

पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी)ले मुख्य चयनकर्ता मोइन खान क्यासिनो गएकोबारे छानविन सुरु गरेको छ । साथै उनलाई घर फर्किन भनिएको छ ।

Moin-Khan

न्यूजिल्याण्डको क्राइस्ट चर्चको स्थानीय पत्रिकाले विश्वकपमा वेष्ट इण्डिजसँगको खेल अघि खान क्यासिनो गएको दाबी गरेको थियो । २१ फेब्रुअरी भएको खेलमा पाकिस्तान वेष्टइण्डिजसँग १५० रनले पराजित भयो ।

पाकिस्तान क्रिकेट बोर्डका अध्यक्ष शहरयार खानले मोइनबारे छानविन भइरहेको बताए । उनले भने-‘म यस्ता खबरहरुमा विश्वास गर्दिनँ । त्यसैले छानविन गरिरहेको छु ।’

लाहोरमा पत्रकारहरुसँग कुरा गर्दै उनले नियम उल्लंघन भएको पाइए कारबाही गर्ने बताए ।

मोइन खान टुर सेलेक्सन प्यानलका सदस्यको हैसियतमा भ्रमण टोलीमा छन् । तर, विश्वकप टोलीमा भने उनी नपर्ने बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment