+
+

विद्यालयको आर्थिक स्रोत जुटाउन इँटा निर्माण

अनलाइनखबर अनलाइनखबर
२०७१ फागुन १४ गते ७:१६

१४ फागुन, पाल्पा । शिक्षकलाई तलब खुवाउन धौधौ परेपछि एक विद्यालयले आर्थिक स्रोत जुटाउन इँटा बनाउन थालेको छ । रामपुर नगरपालिका २ पन्थेस्थित चन्द्रोदय माध्यमिक विद्यालयले भौतिक अवस्था सधार गर्न र विद्यालयको आर्थिक अभाव टार्न विद्यालयपरिसरमै इँटा बनाउन थालेको हो ।

फाइल तस्वीर
फाइल तस्वीर

विद्यालयको अवस्था नाजुक भएपछि विद्यालय सुधार गर्न इँटा बनाउने कार्य सुरु गरेको विद्यालयका शिक्षक दुर्गानारायण श्रेष्ठले बताएको गोरखापत्रमा खबर छ । अहिले विद्यालयका विद्यार्थी, शिक्षक, विद्यालय व्यवस्थापन समिति मिलेर इँटा बनाउन थालेको उनले बताए ।

विद्यालय परिसरमा रहेको माटोको ढिस्को उपयोग गरेर इँटा पारिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष इन्दिरा पोखरेलले बताइन् । विद्यालयको आम्दानी बढाउन एक लाख इँटा पार्ने लक्ष्यअनुरुप तीनजना कामदार लगाएर पुसको अन्तिम साताबाट काम सुरु गरिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?