मुम्बई । अभिनेता इरफान खानको फिल्म ‘किस्सा’ र नवाजुद्दीन सिद्दिकीको फिल्म ‘बदलापुर’ हालै रिलिज भयो । वदलापुराले वक्स अफिसमा राम्रो रेष्पोन्स पायो । त्यसो त ईरफानको ‘किस्सा’लाई पनि दर्शकले मन पराएका थिए ।
इरफान र नवाजुद्दीनले पछिल्लोपटक ‘लञ्च बक्स’ मा अभिनय गरेका थिए । तर, अहिले यी दुबै कलाकार एक अर्काको नाम सुन्ने बित्तिकै भड्किन्छन् ।
हालै एक टेलिभिजन अन्तर्वातामा एकजना महिला पत्रकारले जब इरफानको अगाडी नवाजुद्दीनको नाम लिईन् ईरफान अन्तर्वाता नै छाडेर हिँडे ।
एक पत्रिकामा अन्तर्वाताका क्रममा नवाजुद्दीनले ईरफानलाई देख्दा ईरिटेड हुने गरेको बताए । ‘उहाँ म भन्दा सिनियर कलाकार हो । म उहाँको सम्मान गर्छु तर, उहासँग तुलना गरेको चाँही पटक्कै मन पर्दैन ।’ उनले भने ।