Comments Add Comment

आज प्रियंकाको ‘जन्मदिन’, यस्तो छ नम्बर १ बन्ने दौड

priyanka-karki
नायिका प्रियंका कार्कीको आज जन्मदिन परेको छ । केही साथीभाई र परिवारका सदस्यको विचमा उनले जन्मदिन मनाउने भएकी छिन् ।
बिसं २०४४ सालमा जन्मेकी प्रियंका अहिलेकी सवैभन्दा व्यस्त नायिका हुन् । फिचर चलचित्रको अतिरिक्त म्युजिक भिडियो र विज्ञापनमा पनि सक्रिय छिन् उनी ।

सन् २००५ मा ‘मिस टिन’ भएपछि जीबनमा अभिनयका लागि बाटो खुले झै लाग्छ उनलाई । ‘त्यही मिस टिनको ताजले नै मलाई आज यहासम्म ल्याउन सहयोग पुर्‍यायो ।’ अनलाइनखबरसंग कुरा गर्दै प्रियंकाले भनिन् ।

टेलिभिजन कार्यक्रम ‘घरभेटी बा’ वाट अभिनय करिअर सुरु गरेकी प्रियंका त्यसपछि म्युजिक भिडियो हुँदै चलचित्रमा प्रवेश गरेकी थिईन् ।

चलचित्र फल्प, प्रियंका हिट
‘नाई नभन्नु ल-२’ लाई छाड्ने हो भने प्रियंका अभिनित कुनै पनि चलचित्रले बक्स अफिसमा उधुम मच्चाउन सकेको छैन । कतिपय चलचित्र त ठहरै पनि भए । तर, प्रियंकाको जीबनमा चलचित्रको कमजोर व्यापारको असर कहिल्यै परेन ।

‘थ्री लभर्स’, ‘सुन्तली’, ‘आवरण’ कुनै पनि चलचित्रले राम्रो ब्यापार गर्न सकेनन्, तर चलचित्रमा उनको कामको ब्यापक तारिफ भयो ।

priyanka-karki-1
बेहुली बन्ने रहर छ
बिबाह कहिले गर्ने भन्नेमा त ठ्याक्कै जवाफ उनले दिईनन् । तर, बेहुली बनेर कसैको घर भित्रने रहर छ उनलाई । रोचक मैनालीसँग प्रेम बिबाह गरेर सम्बन्ध बिच्छेद गरेकी प्रियंकालाई साथीभाइको छोराछोरी देख्दा भने लोभ लाग्दो रहेछ ।

‘मेरै उमेरका महिलाले काखमा छोराछोरी लिएर हिँडेको देख्दा मलाई पनि रहर लाग्छ ।’ उनले अनलाइनखबरसँग भनेकी छिन् । जीवनमा अहिले कुनै पुरुषको साथ नपाएको धारणा राख्ने प्रियंका कुनै दिन योग्य पुरुष भेटिनेमा आशावादी छिन् ।
priyanka karki (1)
सफल चलचित्रको चुनौती
नायिका प्रियंका कार्कीका लागि यतिबेला सबैभन्दा ठूलो चुनौती सफल चलचित्र दिनु बनेको छ । उनले काम गरेका एकाध चलचित्र बाहेक सबैजसो असफल छन् । उनलाई असफल चलचित्र दिने सफल नायिका भन्दा फरक पर्दैन ।

प्रियंकाले आफ्नै बलमा हिट चलचित्र दिन सकेकी छैनन् । तर, पनि उनी आज नेपाली चलचित्र बजारमा नम्बर १ बन्ने दौडमा देखिएकी छिन् । बजारमा छायांकन भएका १० चलचित्र मध्ये अधिकांशमा उनी नै नायिका छिन् । ठूला ब्यानर उनकै पछि देखिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment