Comments Add Comment

नेपाली चेली चिनियाँ बारमा, बाध्यताले नराम्रो पेसा अँगाल्न विवश

१७ फागुन, काठमाडौं । बाहिर सहर र गल्लीहरुमा जमेको तीन फिट हिउँ पग्लिने कुनै छाँट छैन । पुस महिनाको मुटु छेड्ने चिसोमा चीनको स्वाशासित क्षेत्र तिब्बतको केरुङ शहर झन्झन् कठ्यागि्रँदै थियो । रातको त्यस्तै ११ बजेको हुँदो हो । रंगीविरंगी मधुरो प्रकाश र चर्को ध्वनिले बारमा डिस्कोथेकको झल्को दिन्थ्यो ।

dancebar

पाँच जना नेपाली युवती तिब्बती र चिनियाँ ग्राहकसँग मस्की-मस्की नाच्दै थिए । पृष्ठभूमिमा खासा बजार नै थर्किने गरी नेपाली, तिब्बती र हिन्दी  गीत बजिरहेका थिए । ‘मुनि बदनाम हुई’, ‘ए माया बोल न किन यस्तो लाज’, अनि तिब्बती लोकभाकाका गीतहरुसँगै नेपाली युवतीहरु वियर र यौवनको उन्मादले झुम्दै गइरहेका थिए । उनीहरु अर्धनग्न अवस्थामा रहेको नेपाल समाचारपत्रमा खबर छ । त्यहाँ रहेका नेपाली र तिब्बती युवाहरु उत्तेजित भएर झम्टिन पुग्थे । कतिपय मस्किँदै युवतीका बारुली कम्मरमा समातेर नाच्थे ।

नेपालबाट गएका ठूलाबढा भनिनेहरु पनि यी बारका गतिला ग्राहक रहेछन् । जति रात छिप्पिँदै थियो, उति नै वातावरण उत्तेजित हुँदै गएको थियो । बिहान पाँच नबज्दै डान्स फ्लोरबाट युवती हराउँदै गए ।

डान्सबारमा नाच्ने नेपालीहरुलाई एजेन्टहरुले त्यहाँ पुर्‍याउने गरेका छन् । नेपाली डान्सबारमा नाच्नेहरुलाई पनि कमाइ बढि हुने भन्दै एजेन्टले चिनियाँ डान्सबारमा पुर्‍याउने गरेका छन् । त्यहाँ रहेका नेपाली युवतीहरुले कलेक्सन बेसमा महिनाको ५० हजार रुपैयाँ सम्म कमाउने गरेका छन् । रोजगारी नभएका कारण आफूहरुले डान्सबारमा काम गर्नुपरेको तथा डान्सबारसँगै नराम्रो काम गर्न बाध्यन हुने गरेको बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment