
१७ फागुन, काठमाडौं । भाडामा सवारी साधन पाउनु त कुनै नौलो बिषय रहेन । तर, आफ्नै निजी गाडीका लागि केही घण्टाका लागि मात्रै भाडामा ड्राइभर चाहियो भने ? अब राजधानीमा यो पनि सुविधा पाउन थालिएको छ ।
कहिलेकाहीँ मापसेमा समातिदा वा गाडी चलाउन नसक्ने बेला तपाईलाई लाग्दो हो, केही घण्टाका लागि ड्राइभर पाए कति गज्जब हुन्थ्यो होला ?
हो, यस्तै गज्जब सेवा नेपालमा सुरु भएको छ, जहाँ तपाईले एक कल फोन गरेकै भरमा सावारी चालक तपाईले बोलाएकै ठाउँमा आइपुग्छन् ।
‘डायल अ ड्राइभर’ सेवा सुरु भएको एक महिनाको अवधिमा काठमाडौंको मापसे जमातमा यसले चर्चा पाइसकेको छ । घण्टाको १५० रुपैयाँमा आफ्नै गाडी चलाएर घरसम्म पुर्याइदिने ड्राइभर पाएपछि मापसेमा परेर लाइसेन्स प्वाल पार्ने र ट्राफिकको कक्षा लिने रहर कसलाई होला ?
नेपालमा पहिलोपटक सुरु भएको ड्राइभर भाडामा दिने सेवाप्रति सेवाग्राहीहरु निकै सन्तुष्ट रहेको प्रबन्ध निर्देशक इच्छा जोशी बताउँछिन् । खास गरी बेलुका पार्टीमा गएर मापासे गर्नेहरु आफ्ना पहिलो ग्राहक भएको जोशी बताउाछिन् ।
‘हामीले सेवा सुरु गरेको एक महिना भयो, हामीलाई विशेष गरेर बेलुकी पार्टीबाट फोन आइरहेको छ’ उनले भनिन्- ‘मापसे गर्नेहरुले हामीलाई स्यावासी दिइरहेका छन् ।’ एकपटक सेवा लिएका ग्राहकहरु दोहोरिएर आउन थालेका कारण जोशी उत्साहित छिन् ।
यस्तो छ सेवा
तपाईलाई ड्राइभर जरुरी परेको जुनसुकै बेला डायल अ ड्राइभर सेवा सम्झिन सक्नुहुन्छ । त्यसका लागि तपाईले ‘डायल अ ड्राइभरको बुकिङ’ नम्बरमा कम्तिमा तीन घण्टा पहिले फोन गरेर ड्राइभर बुक गर्न सक्नुहुन्छ । तर, इमर्जेन्सी अबस्थामा तुरुन्तै सेवा दिनसमेत सकिने जोशीले बताइन् ।
ड्राइभर पुग्नुपर्ने ठाउँको लोकेसन दिएपछि तपाईले भनेकै समयमा ड्राइभर आइपुग्छ । यहाँबाट केवल ड्राइभर भाडामा लिन पाइन्छ, सवारी साधन हैन । अर्थात् सवारी साधन छैन भने ‘डायल अ ड्राइभर’ सेवा लिन पाउनुहुन्न ।
‘डायल अ ड्राइभर’को सेवाका लागि दिउँसोको समयमा ४ घण्टासम्मका लागि ६ सय रुपैयाा र राति ८ सय रुपैयाँ तिर्नुपर्छ । अतिरिक्त समय ड्राइभर राख्नुपरेमा दिउासो प्रतिघण्टा १५० रुपैयाा र राति २ सय रुपैयााका दरले भाडा तिर्नुपर्छ ।
सेवाग्राहीले न्यूनतम ४ घण्टा ड्राइभर लिनैपर्छ । त्योभन्दा कम समयको लागि लिए पनि ४ घण्टाको शुल्क तिुर्नपर्छ । दिनभरी ड्राइभर चाहिएमा ८ घण्टाको सेवा लिन सकिन्छ ।
जोशीको यो प्रयासबाट मापसे गर्नेहरुमात्र नभई अन्य व्यक्तिहरुले पनि लाभ लिइरहेका छन् । सपिङ तथा साइट सीनमा जानेहरुका लागि पनि ड्राइभर खोजी हुन थालेको उनले बताइन् ।
कम्पनीले २४ सै घण्टा सेवा उपलब्ध गराउँछ । रातिमा इमरजेन्सी परेर हस्पिटल वा अन्य कुनै गन्तव्यमा पुग्नुपर्ने भएमा पनि ड्राइभर उपलब्ध गराउने उनले बताइन् ।
‘सस्तोमा सहजै ड्राइभर पाइने भएपछि कसैले पनि लाइसेन्समा प्वाल पारेर गाडी कुदाउँदैन, हाम्रो प्रयास मापास गरेर गाडी कुदाउने, घरमा गाडी थन्काएर ट्याक्सीमा बार्गेनिङ गर्नुपर्ने बाध्यताको अन्त्य गर्नु हो’ उनले भनिन् ।
 जोशीले १० जना ड्राइभर राखेर सेवा सुरु गरेकी छिन् । दुई सय जनाबाट १० जना ड्राइभर छनोट गरेको बताउँदै उनले सबैजना नेपाली र अंग्रेजी बोल्न तथा लेख्न जान्ने दक्ष जनशक्ति रहेको उल्लेख गरिन् । उनीसँग भएका ड्राइभरले कम्तिमा ७ वर्षको अनुभव संगालिसकेका छन् । ग्राहकसँग राम्रो व्यवहार होस् भनेर १० दिन तालिमसमेत दिइएको जोशीले जानकारी दिइन् ।
जोशीले १० जना ड्राइभर राखेर सेवा सुरु गरेकी छिन् । दुई सय जनाबाट १० जना ड्राइभर छनोट गरेको बताउँदै उनले सबैजना नेपाली र अंग्रेजी बोल्न तथा लेख्न जान्ने दक्ष जनशक्ति रहेको उल्लेख गरिन् । उनीसँग भएका ड्राइभरले कम्तिमा ७ वर्षको अनुभव संगालिसकेका छन् । ग्राहकसँग राम्रो व्यवहार होस् भनेर १० दिन तालिमसमेत दिइएको जोशीले जानकारी दिइन् ।
‘डायल अ ड्राइभर’ सेवाका लागि मासिक तलव दिएर सवारी चालकहरु राखिएको छ । जसको तलब महिनामा १५ हजार रुपैयाँभन्दा धेरै छ । आकर्षक तलबमात्र होइन, कामको आधारमा भत्तासमेत पाउँछन् । जसले गर्दा ड्राइभर रातिमा समेत काम गर्न तयार छन् ।
बढ्दै छ सम्भावना
एक महिनाको अनुभवबाट जोशी निकै उत्साहित छिन् । मापसे पीडितलाई मात्र हैन, ड्राइभर भाडा लिने सेवा व्यवसायिक रुपमै फस्टाउने र स्थापित हुनेमा उनी बिश्वस्त देखिन्छिन् ।
‘काठमाडौंमा पार्किङको समस्या छ, ट्याक्सीको चर्को भाडा र बार्गेनिङको झण्झट, ट्राफिक जाम हुन्छ’ जोशीको विश्वास छ- ‘यस्तो अवस्थामा घरमा गाडी हुनेहरु चाहेका बेलामा ड्राइभर बोलाएर सेवा लिन सजिलो मान्छन् ।’
घरमा पाहुना आएका छन्, गाडी घरमा छ, आफु अफिस जानैपर्छ, उनीहरुलाई घुमाउन घरमा ड्राइभर छैन, यस्तो बेलामा गाडी कसले चलाउने भन्ने समस्या पर्छ । ‘यी व्यवहारिक समस्यामा हामीले सम्भावना देखेका छौं’ जोशीले भनिन् ।
कम्पनीले अहिले काठमाण्डौ उपत्यकाभित्र मात्र सेवा दिइरहेको छ । निकट भविष्यमा बाहिर पनि सेवा पुर्याउने लक्ष्य रहेको जोशीले सुनाइन् । कम्पनीले ड्राइभरलाई छुट्टै ड्रेसको व्यवस्था गरेको छ । स्मार्ट क्याजुअल ड्रेसमा पुरुष ड्राइभरले सेवा दिन्छन् ।
निकट भविष्यमा महिला ड्राइभरसमेत राखेर सेवा प्रदान गर्ने जोशीले बताइन् । अबको ६ महिनामा महिलासमेत थपेर ड्राइभरको संख्या २० पुर्याउने लक्ष्य रहेको उनले जानकारी दिइन् ।
यसरी जुर्यो आइडिया
पेशाले मेकअप आर्टिष्ट जोशी ६/७ महिना पहिले दरबार मार्गमा रहेको इटालियन रेष्टुरेन्ट पुगेकी थिइन् । रेष्टुरेन्टमा साथीहरुसाग एक ग्लास वाइन पिएकी उनी गाडी चलाएर घर फर्किंदा ट्राफिकको फन्दामा परिन । परिणाम, लाइसेन्स प्वाल पर्यो, बिहानभरि ट्राफिकको कक्षा लिनुपर्यो ।
हेर्नुहोस् भिडियो
यो दुःखले उनको दिमागमा नयाँ सोच पलायो । आखिर मैलेजस्तो समस्या हजारौं मानिसले भोगिरहेका छन् होला, उनीहरुले ड्राइभर भाडामा पाए भने त पार्टीको रमाइलोमा अर्कै रौनक हुन्छ भन्ने उनलाई लाग्यो । केही महिनाको अध्ययनपछि उनी ‘डायल अ ड्राइभर’ सेवा सुरु गर्न अघि सरिन् ।
पढाइको सिलसिलामा भारत रहँदा दिल्ली तथा मुम्बईमा भाडाका ड्राइभर पाउने गरेको उनले सम्झिन् । यस्तै सेवा नेपालमा पक्कै चल्छ भन्ने उनको विश्वासले काम सुरु गर्ने उर्जा दियो ।
 
                









 
                     
                                
 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                .jpg) 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
     
     
     
     
     
                
प्रतिक्रिया 4