Comments Add Comment

म्यानचेष्टर सिटी लिभरपुलसँग पराजित, चेल्सीलाई फाइदा

Liverpool-Vs-Manchester-City

१७ फागुन, काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा लिभरपुलले म्यानचेष्टर सिटीलाई पराजित गरेको छ ।

आइतबार राति भएको खेलमा लिभरपुलसँग २-१ ले स्तब्ध भएपछि सिटीको उपाधि होडमा समेत धक्का लागेको छ । यसको फाइदा लिग लिडर चेल्सीलाई भएको छ ।

घरेलु मैदान एन्पिmल्डमा भएको खेलमा लिभरपुलले ११ औं मिनेटमा डेन्डरसनको गोलबाट अग्रता लियो । २५ औं मिनेटमा इडेन जोकोले सिटीका लागि बराबरी गोल फर्काए ।

खेलको ७५ औं मिनेटमा ब्राजिलियन मिडफिल्डर काउटिन्होले उत्कृष्ट गोल गर्दै लिभरपुललाई २-१ को अग्रता दिलाए । खेलको ८३ औं मिनेटमा लिभरपुलका कोलो टोरे मोरेनोको सट्टा मैदान प्रवेश गरे ।

Yaya Toure and his brother Kolo played against each other for the first time when the latter came on for Liverpool in the second half

उनका दाइ याया टोरे म्यानचेष्टर सिटीबाट सुरुबाटै खेलिरहेका थिए । औपचारिक खेलमा कोलो दाई यायाविरुद्ध मैदानमा उत्रिएको यो पहिलो पटक हो ।

खेलमा थप गोल हुन सकेन र लिभरपुलले म्यानचेष्टर सिटीविरुद्ध २-१ को जित हात पारेको छ ।

जितपछि लिभरपुल ४८ अंकका साथ पाँचौं स्थानमा छ । लिग लिडर चेल्सीको २६ खेलबाट ६० अंक छ । एक खेल बढी खेलेको सिटीको ५५ अंक छ । चेल्सीले बुधबार वेष्टहृयामलाई पराजित गर्न सके ८ अंकको अग्रता लिनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment