
११ चैत, बुटवल । लुम्बिनी प्रादेशिक अस्पताल बुटवललाई लायन्स क्लब अफ बुटवल स्टार्सले २५ लाख रुपैयाँ बराबरका उपकरण प्रदान गरेको छ ।
सोमबार क्लबले मिस्पा सीसी एक्स एल, मिस्पा क्लव क्रम प्लस, हेमाटोलोजी एनलाइजर अस्पताललाई प्रदान गरेको हो । ती उपकरण सञ्चालनका लागि क्लबले अनलाइन युपीएससमेत प्रदान गरेको छ ।
क्लबका अध्यक्ष एमएल पाण्डेले प्रदेश ५ का सामाजिक विकासमन्त्री सुर्दशन बरालको उपस्थितिमा अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. कृष्णप्रसाद खनाललाई उक्त उपकरणहरु हस्तान्तरण गरेका हुन् ।
क्लबले यसअघि लुम्बिनी प्रादेशिक अस्पताललाई मधुमेहसम्बन्धी चेकजाँच गर्ने ३ लाख ५० हजार रुपैयाँ बराबरको मेसिन प्रदान गरेको अध्यक्ष पाण्डेले जानकारी दिए । ती उपकरणहरु स्वीजरल्याण्डबाट ल्याइएको क्लबले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4