Comments Add Comment

ब्याचलर पास नगरेका बलिउड कलाकारहरु

kareena-kapoor
करिष्मा र करिना

हुन त औपचारिक शिक्षा कति लिएको छ भन्ने कुराले उसको अभिनय क्षमता निर्धारण गर्दैन् तर पढाइले कुनै पनि कलाकारको ब्यक्तित्वमा केही न केही फरक पारिहाल्छ ।

सामान्यतयाः ग्राजुएसन अर्थात स्तानक पास गर्नुलाई औपचारिक शिक्षाको न्यूनतम मापदण्ड मानिन्छ । तर, नेपाली फिल्म उद्योगमा होस् वा भारतमा पढाइलाई लात मारेर फिल्मी दुनियाँमा रमाउने कलकाकारहरु धेरै छन् ।

तर, उनीहरुले स्नातक पास नगरे पनि आफ्नो अभिनय कौशलका मार्फत् दर्शकमाझ लोकपि्रय छन् । प्रसस्त नाम र दाम कमाएका छन, सयौं अवार्डमार्फत् आफ्नो अभिनय क्षमताको प्रमाणपत्र लिइसकेका छन् ।

बलिउड मन्त्रले यस्तै केही कलाकारको सूची तयार पारेको छ जसले स्नातक पास गर्न नसकी फिल्म क्षेत्रमा रमाए ।

करिष्मा कपुरः अझै पनि बलिउडको प्रभावशाली हिरोईनको सूचीमा पर्छिन करिष्मा कपुर । उनी स्नातक उत्तिर्ण नगर्ने तर, खान्दानी परिवारको हिरोईन मानिन्छिन् ।

स्वीट सिक्सिटिन् मनाउने बित्तिकै उनी बलिउडमा प्रवेश गरेकी थिईन् । हिन्दी फिल्म ‘प्रेमकैदी’ वाट बलिउडमा प्रवेश गरेकी करिष्माको पहिलो फिल्म नै बक्स अफिसमा सफल भएको थियो ।

करिना कपुरः करिश्माकी बहिनी करिनाले पनि आफ्नै दिदीको पदचाप पछ्याउँदै अध्ययन पुरा नगरी फिल्मको चमकधमकमा हराइन । स्कुलको पढाई सकेपछि मिठिभाई कजेल भर्ना भएकी थिईन् करिना । प्रारम्भमा कमर्शकी छात्रा रहेकी करिनाले कमर्शको पढाई पुरा नगर्दै सरकारी कलेज भर्ना भईन् कानुन पढ्नका लागि ।

उनले कानुन विषयमा पनि अध्ययन पूरा गर्न सकिनन् । फिल्मले उनको पनि पढाई बिथोल्यो । पहिलो फिचर फिल्म ‘रिफ्युजी’मा अभिनय गरेकी थिईन् उनले । फिल्म फल्प भयो तर, करिना हिट भईन् । आजसम्म उनको रफ्तार घटेको छैन ।

अमिर खान
अमिर खान

अमिर खानः आज बलिउडमा ‘मिस्टर पर्फेसनिष्ट’ भनेर चिनिने अमिर खानको बिद्यालयदेखि नै पढाईमा खासै लगाव थिएन । जसोतसो स्कुलको पढाई पूरा गरेका आमिर कहिल्यै कलेज भर्ना भएनन् ।

१६ वर्षकै उमेरमा उनले साईनेन्स फिल्म ‘पारानोआ’ मा अभिनय गरेका थिए । अमिरका स्कुले साथी आदित्य भट्टाचार्यको निर्देशनमा बनेको यो फिल्ममा काम गर्ने बेला अमिरका आमाबाबुले फिल्म नखेल्न आग्रह गरेका थिए ।

अक्षय कुमारः अहिले पनि खेलाडी हिरोका रुपमा चिनिन्छन् अक्षय कुमार । कलेज पढ्दा पढ्दै मार्सल आर्ट सुरु गरेका अक्षयको ध्यान पढाई भन्दा मार्सल आर्टमै केन्दि्रत भयो । उनी कलेज छाडेर मार्शल आर्टको थप ट्रेनिङमा सहभागी भए । उनले पनि ग्राजुयसन पुरा गर्ने सौभाग्य पाएनन् ।

प्रियंका चोपडाः मिस वर्ल्डको उपाधि हात पारेकी प्रियंकाले स्नातक पनि पास गरेकी छैनन् भन्ने सुन्दा तपाइलाई अचम्म लाग्न सक्छ । कलेज पढ्दा पढ्दै मोडलिङ सुरु गरेकी प्रियंकाले मिस वल्ड भएपछि पढाईलाई ध्यान दिनै पाईनन् ।

ऐश्वर्या राय
ऐश्वर्या राय

ऐश्वर्या रायः लगभग प्रियंकाकै जस्तै छ ऐश्वर्याको कलेज जीवन पनि । उनी पनि जय हिन्द कलेजकै विद्यार्थी हुन् । कलेजको पढाई पूरा गर्नुपर्छ भन्ने मान्यता राख्ने ऐश्वर्याको पनि मोडलिङमा लागेपछि पढाई विथोलिएको थियो । मिस वर्ल्ड भएपछि फिल्ममा सक्रिय भएकी ऐश्वर्याले त्यसपछि कहिल्यै पढाईमा समय दिन सकिनन् ।

टाईगर श्राफः कुनै जमानाका चर्चित नायक जेकी श्राफका छोरा टाइगर श्राफ यतिबेला बलिउड यात्रा थालिसकेका छन् । उनले पनि १२ कक्षाको परिक्षा दिएपछि अध्ययनलाई अगाडी बढाउने सुर गरेनन् । त्यसको सट्टा उनले अभिनय सिक्नतिर ध्यान दिए । जसले गर्दा उनी अहिले बलिउडका सम्भावना बोकेका नयाँ हिरोका रुपमा चिनिन्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment