बलिउड नायक साहरुख खान सारी लगाएर दर्शकका सामु उपस्थित भए भन्दा धेरैलाई अचम्म लाग्न सक्छ । कतिले नपत्याउन पनि सक्छन् । तर, साहरुख गुलाबी रंगको सारीमा केही महिलाहरुसँग भलाकुसारी गर्दै गरेको अवस्थामा भेटिए ।
टेलिभिजन कार्यक्रम ‘इण्डिया पुछेगा सबसे साणा कौन’ कार्यक्रमको सुटिङको क्रममा उनी सारीमा भेटिएका हुन् । उनले सारीमा सजिएर केही महिलासँग गफगाफ गरेका थिए । (तस्बिरपछि पनि समाचार जारी छ ।)
कार्यक्रमका लागि उनले केही महिलालाई स्टेजमै बोलाएर सारी लगाइदिन आग्रह गरेका थिए । साहरुखलाई सारी लगाइदिन पाएपछि दंग परेका पाँच महिलाले केही मिनेटको मिहिनेतमा उनलाईसारीमा सजाइदिए । आफ्नो कार्यक्रमलाई चर्चामा ल्याउनका लागि पनि साहरुखले यस्तो काम गरेको हुनसक्छ ।