Comments Add Comment

सलमान र रणवीरको झगडा मिलाउन आलिया सफल होलिन् ?

बलिउड नायक रणवीर कपुरको बलिउड प्रवेश अगावै उनी र नायक सलमान खानविच विवाद भएको थियो । बलिउडको एक कार्यक्रममा पुगेका सलमान र रणवीरबीच ठुलो चर्काचर्की भएको थियो । त्यहाँ सलमानले रणवीरको गालामा थप्पड लगाइदिएका थिए ।

पछि उक्त कुरा सलमानका पिता सलिम खानले पत्तो पाए । सलमान पिता सलिम र रणवीर पिता ऋषि कपुर निकै मिल्ने दोस्ती थिए । उक्त कुरा थाहा पाएपछि सलिमले सलमानलाई रणवीरसँग माफी माग्न लगाएका थिए ।

उनीहरुको द्वन्द्व त्यतीमात्र थिएन । नायिका कट्रिना कैफलाई लिएर पनि उनीहरु बीचमा लफडा भएको थियो । सलमान र कट्रिना प्रेममा रहेको हल्ला चल्दै गर्दा उनीहरुको बीचमा रणवीर आएका थिए । पछि रणवीर र कट्रिना प्रेममा नै परे । उक्त समय पनि सलमानले रणवीरलाई तल्लतो स्तरका शब्दहरु प्रयोग गरी मिडियामा बोलेका थिए ।

अहिले रणवीर नायिका आलिया भट्टको प्रेममा रमाइरहेका छन् । यस्तैमा आलियाले सलमान खानसँग चलचित्रमा काम गर्दैछिन् । उनीहरुले संजयलीला भन्सालीको ‘इन्साअल्ला’मा काम गर्दैछन् ।

आफ्नो प्रेमिकाले आफ्नो दुश्मनसँग पर्दा सेयर गर्दैगर्दा रणवीरको मनमा के चलिरहेको होला भन्ने चर्चा पनि चलिरहेको छ । तर, सलमानसँग काम गर्दा आलियाले रणवीरको स्विकृती भने लिएकी होलिन् । यसअर्थमा आलियाले रणवीर र सलमानको द्वन्द्वलाई मिलाउछिन् कि भन्ने धेरैले अनुमान लगाएका छन् । के सलमान र रणवीरलाई मिलाउन आलिया सफल होलिन् ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment