+
+
Shares

भाइचारा बुझाउने यी सात फिल्म

थ्री इडियट्स सन् २००९ को फिल्म कलेज विद्यार्थीहरूका लागि एउटा बिर्सन नसक्ने कृति हो ।

अनलाइनखबर अनलाइनखबर
२०८२ साउन ३१ गते ६:११

News Summary

Generated by OK AI. Editorially reviewed.
  • बलिउडका सात फिल्महरूले मित्रता र भाइचाराको भावनात्मक पक्षलाई एक्सन र रोमान्ससँग जोडेर देखाएका छन्।

बलिउडसँग जुनसुकै परिस्थितिसँग मिल्ने फिल्महरू छन् । चाहे त्यो राष्ट्रियतासँग सम्बन्धित होस् या खेल सम्बन्धी, माया प्रेम, इतिहास वा सांस्कृतिक विषय समेटिएका सबै प्रकारका फिल्महरू भेटिन्छन् ।

यी फिल्महरूले मित्रता गहिरो रूपमा देखाउँछन् । यिनमा एक्सन र रोमान्ससँगै मित्रताको भावनात्मक पाटोलाई उजागर गरिएको छ।

१. झन्कार बिट्स

सुजोय घोषद्वारा निर्देशित झन्कार बिट्स आफ्नो समयभन्दा धेरै अगाडि बनेको फिल्म थियो । यसमा दीप र ऋषिको कथा देखाइएको छ । उनीहरू दुवै जना संगीतमा लागि परेका पेसेवर हुन्छन् । तर सधैं सोचे जस्तो हुँदैन ।

उनीहरूको जीवनमा पनि द्वन्द्व आउन थाल्छ । यसरी यो चलचित्रले पुरुषहरूबीचको मित्रता पनि कमजोर हुन्छ, हास्यास्पद हुन्छ र वास्तविक रूपमा सहयोगी पनि हुन सक्छ भनेर देखाएको छ ।

२.दिल चाहता है

सन् २००१ मा सार्वजनिक भएको यो एउटा ‘कमिङ अफ एज कमेडी ड्रामा’ फिल्म हो । फरहान अख्तरले निर्देशन गरेको यो फिल्ममा आमिर खान, सैफ अली खान र अक्षय खन्ना मुख्य भूमिकामा छन्। उनीहरू कलेज जीवनमा हुन्छन् ।

त्यसपछि उनीहरूको जीवनमा आउने विभिन्न मोड, सम्बन्ध र भविष्यबारे फिल्ममा देखाइएको छ । फिल्मले साथीहरूले एउटै सोचाइ राख्ने मात्र नभई एकअर्काको ख्याल राखे पुग्छ भन्ने कुरा देखाएको छ ।

३.थ्री इडियट्स

सन् २००९ को यो फिल्म कलेज विद्यार्थीहरूका लागि एउटा बिर्सन नसक्ने कृति हो । फिल्मका रान्चो, फरहान र राजु पात्रमार्फत कसरी साथीहरूले सफलताभन्दा सपना पछ्याउन एकअर्कालाई प्रेरित गर्छन् भन्ने कुरालाई देखाइएको छ ।

यसमा सच्चा साथीबीचको सहयोगलाई देखाइएको छ । असल साथीले तपाईं समाजले चाहेको व्यक्ति भन्दा आफूलाई आफ्नो रुचिअनुसारको व्यक्ति बन्ने प्रेरित गर्छ भन्ने सन्देश यो फिल्मले दिएको छ ।

४.ये जवानी है दिवानी

आयन मुर्खर्जीले निर्देशन गरेको यो फिल्ममा बनी, नैना, अदिती र अवि मुख्य पात्रका रुपमा छन् । उनीहरूको मित्रता एकसमयमा दुई महत्त्वपूर्ण यात्रामार्फत मोडिन्छ । जसमार्फत निर्देशकले जे जस्तो परिस्थिति आए पनि वास्तविक मित्रता टिक्छ भन्ने कुरालाई देखाएका छन् । यो बक्स अफिस र समीक्षात्मक दुवै रूपमा सफल फिल्म हो ।

५.रङ दे बसन्ती

सन् २००६ मा रिलिज गरिएको यो फिल्म राकेश ओमप्रकाश मेहराको लेखन, निर्माण र निर्देशन गरेका हुन् । फिल्ममा डिजे, करण, सुखी र अस्लम कलेजका लापरवाह साथीहरू हुन्छन् । तर समयसँगै उनीहरूमा परिवर्तन आउँछ ।

त्यो भनेको आफ्नै देशको वर्तमान शासनप्रणालीविरुद्ध लड्नु हो । यस फिल्मले कसरी मित्रताले साधारण मानिसहरूलाई पनि असाधारण परिवर्तन ल्याउन सक्छ भन्ने कुरा देखाउँछ ।

६.काई पो चे

यो सन् २०१३ मा सार्वजनिक भएको स्पोर्ट्स ड्रामा फिल्म हो । फिल्मलाई अभिषेक कपूरले निर्देशन गरेका छन् । फिल्मको कथा चेतन भगतको सन् २००८ मा प्रकाशित उपन्यास ‘द थ्री मिस्टेक्स अफ माइ लाइफ’मा आधारित छ ।

यसमा इशान, गोविन्द र ओमी पात्र छन् । उनीहरूले विश्वासघात, महत्वाकांक्षा र सामाजिक दबाबका कारण मित्रतामा सबैभन्दा ठूलो परीक्षाको सामना गर्न पुग्छन् । जसबाट साँचो भाइचारा भनेको क्षमा दिनु र व्यक्तिगत लाभभन्दा सम्बन्धलाई महत्त्व दिनु हो भनेर निर्देशकले देखाउन खोजेका छन् ।

७.जिन्दगी न मिलेगी दोबारा

जोया अख्तरको निर्देशनमा बनेको यो फिल्म रोड कमेडी ड्रामा हो । जुन सन् २०११ मा रिलिज भएको थियो । फिल्मको कथा बाल्यकालका तीनजना साथीहरू (अर्जुन, कबीर र इमरान) वरिपरि घुम्छ । उनीहरू तीन हप्ताका लागि एउटा रोड ट्रिपमा गइरहेका हुन्छन् । त्यो बीचमा उनीहरूले अन्य पात्रहरू पनि भेट्छन् ।

यसरी फिल्ममा साझा साहस र इमानदार कुराकानीमार्फत सामूहिक बन्धनलाई बलियो बनाउन सकिन्छ भन्ने कुरा देखाइएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?